दसैं मनाउन भारतबाट फर्किने नेपालीलाई सीमामा सास्ती, तानातान गर्छन रिक्सा चालक – Dastabej

दसैं मनाउन भारतबाट फर्किने नेपालीलाई सीमामा सास्ती, तानातान गर्छन रिक्सा चालक


  • दस्तावेज

  • बाँके । चाडपर्व मनाउन घर फर्किने नेपालीहरुलाई नेपालगन्ज नाकामा रिक्सा, वस चालकहरुले आफ्नो गाडीमा बसाउँन तानातान गर्दा सास्ती खेप्नु परेको छ । भारतबाट फर्किरहेका नेपालीहरुलाई आफ्नै मुलुकमा सास्ती खेप्नु परेको हो । गाडीवालाहरुले हात समात्ने, झोला र बन्दोबस्तीको समानहरु खोसेर आफ्नो गाडीमा राखेर दुःख दिने गरेका हुन ।

    ‘पारीबाट सीमा आईपुगेका हुँदैन तानातान गर्छन । अभद्र व्यवहार गर्छन,’ भारतबाट घर फर्किएका बिक्रम केसीले भने,‘आफ्नो गाडीमा बसाउन जबरजस्ती गर्छन । आफ्नै देशमा सास्ती खेप्नु परेको छ ।’ ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई पुर्ण खत्रीले घर फर्किरहेका नेपालीहरुलाई नसताउन चालकहरुलाई आग्रह गरेको बताउछन् । ‘तर पनि हाम्रो अनुपस्थितीमा तानातान गर्ने, झोला खोस्ने गरेको गुनासो आइरहन्छ,’ उनले भने,‘दुव्र्यबहार गरेको पाईए कारवाही गर्छौ ।’

     

     

    अस्तव्यस्त नाका

    नेपालगन्ज नाकामा भिड बढेसंगै त्यहाँको अवस्था अस्तव्यस्त छ । सवारी साधन भारत लैजान नपाएपछि फोरलेन सडकको बीचमा मोटरसाईकल पार्किङ गरिन्छ । भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई भारत प्रवेश गर्न दिने तर सवारी साधन लैजान नदिएका कारण भिडभाड बढी हुने गरेको छ । तर भारतबाट दैनिक सयौं मालबाहक ट्रकहरु नेपाल भित्रिने गरेको छ । भन्सार गराउनका लागि सयौं मालबाहक ट्रकहरु फोरलेन सडकमै पार्किङ गरेको देख्न सकिन्छ । रिक्सा, मोटरसाईकललगायतका सवारी साधनका कारण सर्वसाधारणहरुलाई आउजाउमा समेत समस्या हुने गरेको छ ।

    आफ्नो गाउँ फर्किआए

    कर्णाली प्रदेश सल्यान जिल्ला शंखमुलका जितबहादुर क्षेत्री चाडपर्व मनाउन भारत सिमलाबाट घर फर्किएका छन् । नेपालगन्ज नाका भएर उनी साथीभाईहरु संग घर फर्किएका हुन । चाडपर्व मनाउन भारतबाट घर फर्किएको उनको लागि नयाँ होईन । एक दशकदेखि मजदुरी गर्न भारत आउजाउ गर्दै आएको क्षेत्री बताउँछन् । ‘कोरोनाको महामारी सुरु भएपछि घर फर्किएका थियो । गाउँघरमा काम नपाएपछि कोरोनाको महामारीमै फेरि भारतमा काम गर्न गइयो,’ उनले भने,‘खेतिपाती गर्न र चाडपर्व मनाउन घर फर्किन्छौँ । दसैं तिहार मनाएर फेरि काम गर्न भारत नै जाने हो ।’

     

    उनका अनुसार गाउँका सय बढी युवाहरु आफूजस्तै कामका लागि भारत जाने गरेका छन् । गाउँठाउँमा काम पाईदैन त्यसैले भारतमा काम गर्न जानु पर्छ ।’ नबिनसंगै नेपालगन्ज हुँर्द डोल्पा त्रिबेणी ६ का बिक्रम केसी, विनय थापालगायत सयाँै नेपालीहरु चाडपर्व मनाउन घर फर्किएका छन् । घर फर्किने नेपालीहरुको सीमामा लर्को छ । भारत जान राहदानी आवश्यक नपर्ने र लागत नलाग्ने गरेका कारण नेपाली मजदुरको गन्तब्य भारतका विभिन्न शहरहरु बन्दै गएको छ ।

    कर्णाली प्रदेशको सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, रुकुम, रोल्पा, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट हजारौ युवाहरु काम खोज्न भारत पस्ने र चाडपर्वका समयमा घर फर्किने गरेका हुन । घर फर्किएका अधिकांश युवाहरुले चाडपर्व मनाएर फेरि पनि भारतमै काम गर्न जाने बताउ“छन् । भारतको दिल्ली, गुजरात, राजिस्थान, मुम्बै, भूपाल, सिमला, कालापहाड, लगायतका स्थानमा रोजगारीका लागि नेपालीहरु हरेक वर्ष पुग्ने गरेका छन् । खेतीपाती र चाडपर्वका बेला उनीहरु घर फर्किने र फेरि भारत फर्किन्छन् ।

    ‘चार÷पाँच महिना घर बसिन्छ । होईन भने फुर्सद भएपछि काम गर्न भारत गैहाल्छौँ,’ डोल्पाका बिनय भन्छन्,‘भारतमा सहजै काम पाइहालिन्छ ।’ बेरोजगारी बढेसंगै हजारौ युवा र बालवालिकाहरु कामको खोजिमा भारत पस्ने परम्पराजस्तै बनिसकेको छ । सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई पुर्णं खत्रीले दसैंको मुखमा भारतबाट दैनिक दुई हजार बढी नेपालीहरु घर फर्किरहेको बताए । उनले सीमामा लुटपाटका घटना हुनसक्ने भन्दै भारतीय सुरक्षाकर्मीहरुसंग समन्वय गरिरहेको जनाए ।

  • १२ आश्विन २०७८, मंगलवार १४:५४ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला