शुक्रवार मध्यपूर्वका प्रतिनिधिसंग एनआरएनए उम्मेदवारले अन्तरक्रिया गर्ने – Dastabej

शुक्रवार मध्यपूर्वका प्रतिनिधिसंग एनआरएनए उम्मेदवारले अन्तरक्रिया गर्ने


  • दस्तावेज

  •  

    कतार । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा बद्री केसीले मध्यपूर्व क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुसंग अन्तरक्रिया (Meet and Greet Delegates) गर्ने भएका छन् ।

    गैरआवासीय नेपाली संघको महिला उपाध्यक्षकी प्रत्यासी यसमिन बेगम सैयदका अनुसार केसीले आफ्नो अजेण्डसंग सहमत केही उम्मेदवार सहित आगामी शुक्रवार (१ अक्टोवर) का दिन ती प्रतिनिधिहरुसंग छलफल गर्न लागेका हुन् ।

    नेपाली साँझ ६ बजे देखि शुरु हुने कार्यक्रममा प्रतिनिधिहरु, राष्ट्रिय समितिका अध्यक्षहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन गर्ने तयारी गरिएको छ ।

    कार्यक्रमलाई उपाध्यक्षका उम्मेदवारहरु डा हेम राज शर्मा, महेश श्रेष्ठ, डिबी क्षेत्री, धर्मराज अधिकारी, यासमिन बेगम सैयद, महासचिव पदका उम्मेदवार गौरीराज जोशी, कोषाध्यक्ष पदका उम्मेदवार लोक प्रसाद दाहाल, सचिव पदकी उम्मेदवार टिक गुरुङ लगायतले सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ । मध्यपूर्वमा संघका ६ वटा राष्ट्रिय समिति सकृय छन् ।
    यसअघि डा. केसीले मंगलवार एशिया क्षेत्रीय प्रतिनिधिहरुसंग छलफल गरेका थिए ।

    करिब ३ सय ५० जना सहभागि कार्यक्रममा बिभिन्न देशका राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा
    संघको नेतृत्वको लागि बिभिन्न पदमा रहेका उम्मेदवारहरुले आआफ्नो अजेण्डा प्रस्तुत गरेका थिए ।

    यसैबीच अध्यक्षका प्रत्यासी डा. बद्री केसीको सचिवालयले दिएको जानकारी अनुसार केसीले आगामी हप्ता देखि बिभिन्न देशमा रहेका प्रतिनिधिसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन अक्टोवर २३ देखी २५ सम्म काठमाण्डौंमा हुदैछ ।

  • १३ आश्विन २०७८, बुधबार १५:३३ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ