कर्णालीको तिरैतिर राराको यात्रा – Dastabej

कर्णालीको तिरैतिर राराको यात्रा


  • सतिश निरौला

  • नेपाल साइकल उत्सव २०७८ ले देश दर्शनको अवसर जुरायो । पक्कै यो यात्रा आफ्नो जिवनकालकै अविस्मरणीय स्मृति राख्ने छ, यसमा सहभागिता जनाउनेहरुका लागि ।

    बिश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको नेतृत्व मा भएको साइकल उत्सव इलामबाट शुरु भएर रारा पुगेर टुङ्गीदै छ । देशका विभिन्न शहरबाट साइकलप्रेमिहरुले सहभागिता जनाएको यो २८ दिने साइकल यात्रा मेरा लागि पनि आफ्नो जिवनकालकै एउटा यादगार र रोमाञ्चक वनिरहेको छ।

    मैले यो यात्रामा सुर्खेत बाट सहभागिता जनाए सुर्खेत बाट राराको उकालो लाग्दै गर्दा साइकल यात्री र अन्य टिम सहित हामी ७० जनाले साथ साथै यात्रा अगाडि बढाइरहेका छौं , सुर्खेत बाट १३ गते बिरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुबेदिले नगरपालिकाबाट बिहान बिदाइगरे सङ्गै शुरु भएको यात्रा कपासेदेखिको एकोहोरो ठाडो उकालो नै उकालो गुराँसे पुग्नु निकै चुनौतीपूर्ण थियो ।

     

    तर १२ बर्षिय देखी ६० बर्ष सम्मका साइकल यात्रीहरुले त्यो साहसिक यात्रा पार गरे हामीले रातानाग्लामा रहेको गुराँस अर्गानिक प्याराडाइज इन को न्यानो आथित्यता सहितको खाना खाएर त्यसदिनको अन्तिम गन्तव्य तल्लो डुङ्गेश्वर तर्फ हानिएउ त्यहाँ रहेको एक बिधालय मा हाम्रो क्याम्पिङ्ग थियो र लायन्स क्लब अफ काठमाडौ बाट प्राप्त शैक्षिक सामाग्री त्यस बिधालय मा वितरण समेत गरि त्यो रात त्यही बिधालय परिषरमा नै बिताए।

    देश घुमौ सम्बन्ध जोडौ भन्ने नारा बोकेर निस्किएको यो यात्रा मा सहभागी बिच एक अर्कामा नयाँ सम्बन्ध हरु त जोडिए नै अतिरिक्त पुगेका हरेक ठाउँ र गाउँसङ्गको समेत आत्मीय सम्बन्धका गहिरा छापहरु बटुलिए।

    १४ गते को बिहान् डुङ्गेश्वर बजारमा खाजा खाएर निस्किएको हाम्रो टिम टुनिबगर नजिकै खाना खाएर यो दिन को अन्तिम गन्तव्य कालिकोट को मान्मबजार तर्फ उक्लियो सातो जाने उकाली र ओराली कष्टकर त थिएनै प्याडलिङ्ग गर्न रारा साइकल कुदाएरै पुग्नु चानचुने कहाँ छ र केटाकेटी महिला र ६० पारका साइकलेहरुमा देकिएको देशदर्शन को जुनुन र बाटो मा देखिएका झरना र रोमाञ्चक दृश्यले सबै कष्ट र अप्ठ्यारा का पहाड लाई पन्छाउदै कर्णाली नदिको तिरैतिर कलकल बगेको कर्णाली को सङ्गितमय तालमा उकालो मा धिमागती र ओरालो आउनासाथ बाइपन्खी बेगमा हुइकिए साइकलेहरु।

    कालिकोट प्रवेश सङ्गै चिसो हुस्सु र सिरोटो को बेगले अनौठो शैलीमा हामीलाई स्वागत गरिरहदा आनन्द र खुशिले आजको दिनभरिको उकाली र ओरालिका थकान हरु आफैं हराएर गए, पन्चायत , बहुदलीय ब्यबस्था र गणतन्त्र ले समेत नचिनेको , नबुझेको र सम्बोधन गर्न नसकेको कर्णाली प्रति अगाध स्नेह सङ्गै कर्णाली ले ब्यहोरिरहेको विभेद र देश भित्र को अर्को देश बनाउने निति प्रति आक्रोश भरिएर आए।

  • १५ आश्विन २०७८, शुक्रबार ०९:५७ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश