मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति – Dastabej

मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति


  • दस्तावेज

  • कर्णाली : मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ वार्ता सम्पन्न भएको हो ।

    विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका सदस्य उपप्राध्यापक विष्णुकुमार खड्काका अनुसार विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका रिक्तपदमा सबै पक्षलाई अपनत्व हुने पदपूर्ति गर्नुपर्ने, आंशिक प्राध्यापकलाई सेवागत ज्येष्ठता, विषयगत आवश्यकता तथा कार्यभारका आधारमा र करार प्राध्यापकलाई दरबन्दी सिर्जना गरी स्थायी प्रक्रिया थाल्न एघारौँ सभा सम्पन्न भएपछि ४५ दिनभित्र कार्यविधि निर्माण गर्ने सहमति भएको छ ।

    त्यस्तै प्राध्यापक तथा कर्मचारीको निवृत्तिभरण र उपदानका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर नियमावली र कार्यविधि पारित गर्ने, करार जनशक्तिको प्रोत्साहनस्वरुप नियमित तलब भत्ता समेट्ने गरी दररेट तोकी कार्यविधिमा स्पष्ट खुलाई तहगतरुपमा प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाइने भएको छ ।

    वार्तामा आन्दोलनरत प्रजातन्त्रवादी प्राध्यापक सङ्घ मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका अध्यक्ष रुपेश खत्री, उपाध्यक्ष छवि भण्डारी, कोषाध्यक्ष हरेन्द्र केसी सहभागी हुनुहुन्थ्यो । (रासस)

  • १६ आश्विन २०७८, शनिबार ०९:२८ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ