झापा । साहित्यकार गणेशप्रसाद नेपालको दोस्रो कृति ‘बाँच्नुको एउटा जीवन’ आत्मकथाको विमोचन गरिएको छ । चार दशकसम्म सरकारी विद्यालयमा अध्यापन गर्नुभएका नेपालको उक्त कृतिको आख्यानकार पुण्यप्रसाद खरेलले आज एक कार्यक्रमबीच विमोचन गर्नुभएको हो ।
लेखनाथ पुस्तकालय चन्द्रगढी तथा वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा स्रष्टा नेपालको परिचय कृष्ण सुवेदी निराकारले गर्नुभएको थियो । कृतिबारे परिचर्चासहित समालोचना सहप्राध्यापक तारा विविध र साहित्यकार भवानी क्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तकालयका सभापति नवराज घिमिरे, वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण अनमोल, भद्रपुर नगर क्षेत्रका लेखक साहित्यकारलगायतको उपस्थिति थियो ।