एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै डा. बद्री केसी – Dastabej

एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै डा. बद्री केसी


  • दस्तावेज

  •  

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

    अक्टोवरमा हुने संघको १० औं महाधिवेशन तथा विश्वसम्मेलनले नया नेतृत्व चयन गर्दैछ ।

    यसअघि विभिन्न मिडियामार्फत अध्यक्षमा उम्मेदवारी दिने बताएपनि डा. केसीले आफ्नो टिमसहित उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

    ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा’ अभियान भन्ने नारासहित सशक्त टिम निर्माण गरेका डा. केसीले आगामी मंगलबार (अक्टुबर ५) मा काठमाण्डौंमा एक पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गर्न लागेका हुन । पत्रकार सम्मेलन मार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्ने डा. केसीले जनाए ।

     

    केसीले आफ्नो टिममा उपाध्यक्षका रुपमा डा. हेम राज शर्मा (युके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया) यसमिन बेगम सैयद (साउदी अबर) लाई अघि सारेका छन् ।

    युवा उपाध्यक्षमा रोसन थापा (अफ्रिका) र महासचिवमा गौरी राज जोशी (अमेरिका), यस्तै सचिवमा रामशरण सिमखडा (युके), ओम गुरूङ (जापान) चिरन्जीबी घिमिरे (क्यानाडा) महिला सचिव टिका गुरूङ (हङकङ), कोषाध्यक्षमा लोक प्रसाद दाहाल, (बेल्जियम), महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरीका) केसीको पक्षमा उभिएका छन् । त्यस्तै, महिला संयोजक संगिता मरहट्टा र युवा संयोजक मिलन छन्त्याल केसीको टिमबाट उम्मेदवार बनेका छन् ।

  • १७ आश्विन २०७८, आईतवार ०८:५२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ