१६० जातका वनस्पति पहिचान – Dastabej

१६० जातका वनस्पति पहिचान


  • दस्तावेज

  • बलेवा ः  बागलुङ कालिका भगवती मन्दिर परिसरमा अवस्थित जङ्गलमा १६० जातका वनस्पतिको पहिचान भएको छ । मन्दिर परिसरका जङ्गलमा अध्ययन गरिरहेको वनस्पतिविद्को समूहले हालसम्म पहिचान भएका वनस्पतिको विषयमा जानकारी गराएको हो ।

    मन्दिर परिसरमा रहेका रूखको पहिचान र गणना थालिएकाले वनस्पति पहिचानमा सहज भएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले करिब १९० रोपनी जग्गामा रहेको वनका रूखका वर्ग छुट्याउँदै गणना सुरु भएको जनाएको छ । परिसरका सयौँ वर्ष पुराना साल, सल्ला, चिलाउने, कटुसलगायत विभिन्न जातिका रूखको पहिचान गरी वैज्ञानिक नामसहित ट्याग लगाइँदैछ ।

     

    मन्दिरमा करिब ४०० वर्ष पुराना रूख पाइएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । बोट, बिरुवा अध्ययन गर्दा केही महत्वपूर्ण वनस्पति फेला परेको अध्ययन टोलीमा सहभागी प्रवीण भण्डारीले बताउनुभयो । उहाँ चीनमा वनविज्ञान विषयमा विद्यावारिधि अध्ययन गरिरहनुभएको छ । “जैविक विविधता र वनस्पतिको अभिलेखीकरणसँगै मन्दिर परिसरको जङ्गलमा रहेका ६० प्रजातिका रूखको वैज्ञानिक नामसहित ट्याग लगाइएको छ”, उहाँले भन्नुभयोे, “हामी अध्ययनकै क्रममा छौँ, मन्दिरको जङ्गलमा महत्वपूर्ण वनस्पति भुइँसुनाखरी फेला परेको छ ।” जङ्गलमा सर्पगन्धालगायत औषधीय गुण बोकेका वनस्पतिसमेत पाइएका छन् ।

    मन्दिरको अधिकांश भू–भाग जङ्गलले ढाकिएको छ । भक्तजनलाई पर्यटनमैत्री वातावरण बनाउने र जङ्गलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने तयारी गरिएको समिति अध्यक्ष खड्काले बताउनुभयो । “मन्दिरको आकर्षणका रूपमा रहेको जङ्गललाई संरक्षण गर्न त्यहाँ रहेका वनस्पतिको पहिचान थालिएको हो”, उहाँले भन्नुभयो । व्यवस्थापन समितिले मन्दिरमा दैनिक पूजाअर्चनाको प्रबन्ध मिलाउनुका साथै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रयासमा काम अघि बढाइरहेको छ ।  (रासस)

  • १७ आश्विन २०७८, आईतवार १०:२३ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ