सामाजिक विकास मंचले बाँकेमा दुई वटा परियोजना संचालन गर्दै – Dastabej

सामाजिक विकास मंचले बाँकेमा दुई वटा परियोजना संचालन गर्दै

४ करोड ५२ लाख ८६ हजार बजेट रहेको परियोजना २०२६ जुन सम्म संचालन हुने परियोजना संयोजक राम श्रेष्ठले जानकारी दिए ।


  • दस्तावेज

  • नेपालगन्जमा दुई वटा परियोजना संचालन हुने भएको छ । सामाजिक विकास मंच (एसडिएफ) बाँकेले दुई वटा परियोजना नेपालगन्जमा संचालन गर्न लागेको हो ।

    मंगलबार सरोकारवालाबीच परियोजना परिचयात्मक कार्यक्रमको आयोजना गरी उपमहानगरपाकिलाभित्र किशोर किशोरी तथा युवा शसक्तिकरण र जोखिम संचार तथा समुदाय संलग्नता नामक दुई परियोजना संचालन गर्न लागेको जनाएको हो ।

    मंचले सेभ द चिल्ड्रेनको साझेदारीमा किशोर किशोरी र युवा शसक्तिकरण परियोजना मार्फत बाल गरिबी अन्तर्गत (जिविकोपार्जन तथा शिक्षा–८९ प्रतिशत, यौन तथा प्रजनन स्वास्थ्य–४ प्रतिशत र सरसफाई–७ प्रतिशत) कार्यक्रमहरु संचालन गरिने छ ।
    यस परियोजनामा १३ देखि १५ वर्ष तथा १६ देखि २४ वर्षकालाई लक्षित गरिएको छ । साथै यसमा नेपालगन्जभित्र रहेका माध्यमिक विद्यालयहरु समावेश गरिने जनाइएको छ । ४ करोड ५२ लाख ८६ हजार बजेट रहेको परियोजना जुलाई २१ देखि ३० जुन २०२६ सम्म संचालन हुने परियोजना संयोजक राम श्रेष्ठले जानकारी दिए ।
    यसैगरी जोखि संचार र सामुदाय संलग्नता परियोजना मार्फत बुद्धबुद्धा, सिमान्तकृत समुदाय तथा अन्तर्निहित स्वास्थ्य अवस्था भएका व्यक्तिहरु, स्वास्थ्य सेवाका कर्मचारीहरु, बालबालिका र युवाहरुमा लक्षित रहेको जनाइएको छ ।
    परियोजनाले संचार कार्य र मिडिया, सामुदायिक संलग्नता, प्रमाण निर्माण र दस्तावेजीकरण र क्षमता निर्माणका प्रयासहरु अन्तर्गत कार्यहरु गर्ने परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिए । २३ लाख ५० हजार बजेट रहेको यो परियोजना अक्टुबर २०२१ देखि जनवरी २०२२ सम्म संचालन हुनेछ । यस परियोजनामा विभिन्न उमेरलाई लक्षित गरिएको छ ।
    परिचयात्मक कार्यक्रममा नेपालगन्जकी उपमेयर उमा थापा मगर, वडा नं. ७ का वडाअध्यक्ष जुम्मन खाँ, वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र कुमार गुप्ता, नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, शिक्षा संयोजक गोरख बहादुर थापा, स्वास्थ्य संयोजक राम बहादुर चन्द, वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली खड्का, सेफ द चिल्ड्रेनबाट परियोजना संयोजक फुलकुमारी चौधरी र विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।
    २०५४ सालमा स्थापना भएको मञ्चले शिक्षा, स्वास्थ्य, आयआर्जन, वातावरण, कृषि र विज्ञान क्षेत्रको अवसरबाट बञ्चित दलित, जनजाति, श्रमिक बालबालिका, युवाहरु र पिछडिएको समुदायको जीवनस्तरमा सुधार ल्याउनका साथै उनीहरुलाई सामाजिक र आर्थिक रुपले शसक्त बनाई विकास कार्य तिर उन्मुख गराउने उद्देश्यका साथ अघि बढिरहेको जनाइएको छ ।

  • २० आश्विन २०७८, बुधबार ०८:११ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ