बलिउड अभिनेता शाहरुख खानका छोरा लागूऔषध मुद्दामा पक्राउ – Dastabej

बलिउड अभिनेता शाहरुख खानका छोरा लागूऔषध मुद्दामा पक्राउ


  • दस्तावेज

  • एजेन्सी, मुम्बई— बलिउड अभिनेता शाहरुखले खानले २४ वर्षअघि आफ्नो छोराको बारेमा ठट्टा गर्दै दिएको प्रतिक्रिया सत्य साबित भएको छ । उनले दिएको उक्त प्रतिक्रिया सामाजिक सञ्जालमा पनि भाइरल बनाइएको छ ।उनका छोरा आर्यन खान लागूऔषध मुद्दामा पक्राउ परेपछि २४ वर्ष अघि दिएको प्रतिक्रिया भाइरल बनाइएको हो ।

    खानले आफ्नो छोराको बारेमा १९९७ मा दिएको प्रतिक्रिया चर्चामा ल्याइएको छ । शाहरुखले त्यसबेला आफ्नो छोराले लागूऔषध सेवनसहित स्वतन्त्र जीवन बाँचोस् भन्ने चाहेको प्रतिक्रिया दिएका थिए । शाहरुखले त्यसबेला भनेका थिए, ुम चाहन्छु मेरो छोरा केटीहरुसँग डेट गरोस् र लागूऔषधको पनि आनन्द लिओस् । उ एक ब्याड ब्वाइ बनोस् । यदी उ गुड ब्वाइ जस्तो देखियो भने त म उसलाई घरबाटै निकालिदिनेछु ।

    २३ वर्षीय आर्यनसँगै आठ जनामाथि प्रहरीको लागूऔषध विभागले प्रश्न गर्दैछ । मुम्बईस्थित समुद्री किनारको क्रूज सीप पार्टीमा उनीहरुले लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेको छ । उनीहरुको समूहमा दुई महिला समेत रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मुनमुन धमेचा, नूपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, आर्यन खान र अरबाज मर्चान्ट पक्राउ परेका हुन् । आर्यनसहित सबै आठ जनामाथि प्रहरीको लागूऔषध नियन्त्रण विभागले प्रश्न गर्दैछ ।

    उनीहरुको साथबाट कोकिन, चरेस, मेफेड्रोन जस्ता लागूऔषध प्रहरीले बरामद गरेको जनाएको छ । मुम्बई प्रहरीको लागूऔषध नियन्त्रण विभागले पछिल्लो समय बलिउडकर्मीहरुमाथि निगरानी बढाएको छ ।

     

     

  • २० आश्विन २०७८, बुधबार ०८:११ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ