भूकम्पः पाकिस्तानको बलोचिस्तानमा भूकम्प जाँदा कैयौँको मृत्यु – Dastabej

भूकम्पः पाकिस्तानको बलोचिस्तानमा भूकम्प जाँदा कैयौँको मृत्यु


  • दस्तावेज

  • बीबीसी ।  पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीवार बिहानै भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।

    भूकम्पले भत्काएका घरहरूका भग्नावशेषहरूमा मानिसहरू पुरिएका अनुमानका माझ विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ। मारिनेमा महिला तथा बालबालिकाहरू पनि रहेका रोएटर्स समाचार एजेन्सीले जनाएको छ।

     

    (211007) — HARNAI, Oct. 7, 2021 (Xinhua) — Photo taken with mobile phone shows a crack in a wall of a house in southwest Pakistan’s Harnai, Oct. 7, 2021. At least 20 people were killed and over 40 others injured after an earthquake of 5.9 magnitude hit Pakistan’s southwest Balochistan province, local media and officials said early Thursday morning. (Str/Xinhua)

    अमेरिकाको यूएस जिओलोजिकल सर्भेकाअनुसार भूकम्प ५.९ म्याग्निट्यूडको थियो र यसको गहिराइ ९ किमि मात्र थियो। यतिको कम गहिराइमा जाने भूकम्पले सामान्यतया बढी क्षति पुर्याउने गर्छन्।

    उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई जनाए अनुसार कम्तिमा १५० जना घाइते भएका थाहा भएको छ।

    ति मध्ये केहीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भैरहेको छ।

    भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरहरूमा देखिन्छ।


    तस्बिर स्रोत,EPA गम्भीर घाइते
    भूकम्पका कारण संरचनाहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए। विवरणहरूमा जनाइएअनुसार एक सयभन्दा बढी कच्ची घर र केही ठूला भवनहरू भत्किएका छन्।भूकम्पबाट हरनई क्षेत्रमा धेरै क्षति पुगेको हुनसक्ने अधिकारीहरूले बताएका छन।

    क्वेटा शहरको पूर्वमा पर्ने हरनईमा ठूलो सङख्यामा कोइलाखानीहरू छन् जो भूकम्पमा भत्किएको हुनु पर्ने अनुमान गरिएको छ।

    बलोचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाह लङ्गुले प्रभावित क्षेत्रमा आपत्‌कालीन सेवा शुरू गरिएको बीबीसीलाई बताएका छन्।

  • २१ आश्विन २०७८, बिहीबार १३:१३ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ