सुनको मूल्यमा वृद्धि – Dastabej

सुनको मूल्यमा वृद्धि


  • दस्तावेज

  • काठमाडौँ, २१ असोज (रासस)ः दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ४०० तोकिएको छ । त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला रु ८९ हजार ९५० पुगेको छ । बुधबार प्रतितोला रु ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।

    महासङ्घका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला रु १० ले बढेर एक हजार १७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • २१ आश्विन २०७८, बिहीबार १६:११ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ