‘सहायक–श्रीमान’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा – Dastabej

‘सहायक–श्रीमान’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा


  • दस्तावेज

  • काठमाडौैँ, २२ असोज (रासस) ःनेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म सहायक श्रीमान (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट भएको छ । युरोपको जर्मनीस्थित १८ औँ टेगेन्सी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९ औँ इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा सो चलचित्र छनोट भएको हो । दुवै देशमा यही असोज २७ देखि ३१ गतेसम्म हुने चलचित्र महोत्सवमा सो हलभित्र २९ गते प्रदर्शन हुने चलचित्रका निर्देशक गणेश पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यही असोज १५ देखि सुरु भई कात्तिक ७ गतेसम्म अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा सञ्चालन हुने तस्बिर साउथ एसियन फिल्म फेस्टिबलमा पनि सो चलचित्र प्रदर्शन हुँदैछ । “नेपालको डकुमेन्ट्री फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट हुनु नेपाल र नेपालीका लागि पनि गर्वको कुरा हो”, निर्देशक पाण्डेले भन्नुभयो ।

     

     

     

    विश्वका विभिन्न देशमा छनोट भइरहेको यो चलचित्र गत वर्ष रसियामा आयोजित १९ औँ अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ जितेको थियो भने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर जित्न सफल भएको थियो । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान’ बहुपति प्रथामा आधारित छ । पैँतिस मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।

    घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ ।

  • २२ आश्विन २०७८, शुक्रबार १२:५६ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ