जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्य पदार्थ नष्ट – Dastabej

जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्य पदार्थ नष्ट


  • दस्तावेज

  •  

    जानकी । बाँकेको जानकी गाउँपालिकाले चाडपर्वको समयमा हुनसक्ने मूल्यवृद्धि तथा कालोबजारीलाई मध्यनजर गरी बजार अनुगमन गरेको छ ।

    गाउँपालिकाको वडा नं ६ स्थित पिप्रहवा बजारमा अनुगमन गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिईन । अनुगमनका क्रममा म्याद नाघेका उपभोग्यवस्तु, अखाद्य तेल, दर्ता नगरेरै मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गरेको पाईएको उनले जनाईन ।

    पिप्रहवास्थित खुदरा किराना एण्ड खाद्य स्टोर, प्रमोद गुप्ता स्टोर एण्ड सप्लायर्स, सुवोध स्टोर र रौनक जनरल स्टोरमा अनुगमन गर्दा १४ हजार २ सय ११ बराबरको म्याद गुज्रेको खाद्य पदार्थ र अनुमति नलिईकिन बिक्री वितरणको लागि राखिएको ४ हजार बराबरको मदिरा र सुर्तीजन्य पदार्थ जफत गरेर नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालय बाँकेका महेश्वर पौडेल, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका विवेक सुवेदी, वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण कार्यालयका चौलागाई, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम, इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका इन्चार्ज प्रहरी नायव निरीक्षक रुद्रबहादुर रावल सहितको टोलीले बजार अनुगमन गरेको जानकी गाउँपालिका बजार अनुगमन समितिका संयोजक जितबहादुर श्रेष्ठले जानकारी दिए ।
    उहाँका अनुसार, बिहीवार पिप्रहवा बजारका किराना पसल सँगै अन्नपूर्ण भोजनालय, पाल ट्रेडर्स, मेडिकल लगायत १० वटा पसलको अनुगमन भएको थियो । अनुगमनका क्रममा धेरै पसल र व्यवसायीलाई सचेत गराईएको छ ।

    चाडपर्वको बेला उपभोक्ता ठगिन नदिनको लागि गाउँपालिकाले नियमित रुपमा अनुगमन कार्यलाई निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत रानाले बताउनुभयो ।

  • २३ आश्विन २०७८, शनिबार ०७:१६ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ