दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता – Dastabej

दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता


  • दस्तावेज

  •  

    नेपालगन्ज । बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरीका प्रिन्सपल दमन पाण्डेबिरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । छात्राबास बसेकी आफ्नै छात्रा १७ वर्षीया एलिसलाई यौन दुब्र्वहार गरी आत्मा हत्या दुरुत्साहन गरेको अभियोग उनीमाथि छ ।

    उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउ गरी अदालतबाट म्याद थप गराई सकेको कोहलपुर प्रहरी प्रमुख डिएसपी रबीन्द्र खनालले बताए ।

     

     

    उनले आफ्नै छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । एक साताअघि बैजानाथ गाउँपालिका गाभरकी एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिईन । १७ वर्षीया शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अश्लिल एसएमएस भेटिएको छ ।

    पाण्डेले आर्थिक प्रलोभनमा पारी नाबालिकालाई यौन दुव्र्यहार गरेको आरोप पीडितहरुको छ । स्थानीयहरु शुक्रबार बिद्यालयमै पुगेर दुंगामुढा गरेका थिए ।

  • २३ आश्विन २०७८, शनिबार १३:१५ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ