प्रेमीसँगको सेक्स टेपलाई लिएर चर्चित गायिका तिवालाई ब्ल्याकमेल – Dastabej

प्रेमीसँगको सेक्स टेपलाई लिएर चर्चित गायिका तिवालाई ब्ल्याकमेल


  • दस्तावेज

  • वासिङटन — नाइजेरियन गायिका तथा कलाकार तिवा सावेजले आफ्ना प्रेमीसँगको सेक्स टेपलाई लिएर आफूमाथि कसैले ब्ल्याकमेल गरेको बताएकी छन् । प्रेमीसँग खिचेका केही निजी र अन्तरंग भिडिओ फुटेजलाई लिएर आफूमाथि अज्ञात व्यक्तिले ब्ल्याकमेल गरेको बताएकी हुन् ।

    गायिका तिवाले विभिन्न सञ्चारमाध्यममा यसबारे खुलेर प्रतिक्रिया दिएकी छन् । ती व्यक्तिले पैसा नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै मानसिक दबाब दिएको तर आफू पैसा तिर्न तयार नभएको उनको भनाइ रहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले लेखेका छन् ।

    तर उनले उक्त भिडियोलाई सेक्स टेप भनेर भन्न नचाहेको बताएकी छन् । ‘म यसलाई सेक्स टेप भन्दिनँ । तर यो म र मैले डेट गरिरहेका व्यक्तिबीचको भिडियो हो,’ सावेजले भनेकी छन् ।

    सावेजका अनुसार उनका प्रेमीले गल्तीवश् भिडियो लिक भएको भन्दै माफी माग्नुभन्दा अघि नै अज्ञात व्यक्तिको हातमा भिडियो पुगिसकेको र ब्ल्याकमेल गर्न थालेको उनले बताएकी छन् । उनका प्रेमीले सुरुमा उक्त भिडियो स्न्यापच्याटमा पोस्ट गरेका थिए ।

    सावेजले यस घटनाबाट आफू रोएको समेत बताएकी छन् । साथै सावेजले आफ्ना प्रेमी पनि यस घटनाबाट विक्षिप्त र दुखी बनेको बताएकी छन् । र उनले सावेजको करिअर खतरामा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको बताइन् । अफ्रिकी मूलकी गायिका तवा सावेजले २०१८ को एमटिभी यूरोप म्यूजिक अवार्डसहित थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन् ।

  • २४ आश्विन २०७८, आईतवार ०७:०१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ