रोनाल्डोको अर्को कीर्तिमान – Dastabej

रोनाल्डोको अर्को कीर्तिमान


  • दस्तावेज

  • बीबीसी, लिस्बन — क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पुरुषतर्फ सर्वाधिक गोलको कीर्तिमान बढाउँदै १ सय १२ औं गोल गरेसँगै पोर्चुगलले मैत्रीपूर्ण खेलमा शनिबार कतारलाई ३–० ले पराजित गरेको छ ।

    म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले एस्टाडियो अलगेर्वमा भएको खेलको ३७ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि उनले पहिलो हाफमै मैदान छाडेका थिए । ३६ वर्षीय उनले गत महिना इरानी फरवार्ड अली दाइको १ सय ९ गोलको कीर्तिमान तोडेका थिए ।


    मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा गोल गरेपछि क्रिस्टियानो रोनाल्डोको आइकोनिक सेलिब्रेसन । तस्बिर : एएफपी

    रोनाल्डोको यो १ सय ८१ औं खेल हो । यससँगै उनले सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडीमा स्पेनी सर्जियो रामोसको कीर्तिमानलाई पनि उछिने । मलेसियाका सोह चिन आनको नाममा १९५ क्यापको विश्व कीर्तिमान रहेको छ । उनले सन् १९८४ मा संन्यास लिएका थिए ।

    जोसे फोन्टेले पोर्चुगलका लागि अर्को गोल दोस्रो हाफमा गरेका थिए । पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेलेका राफेल लियोले दुईपल्ट प्रहार गरेको बल पोस्टमा लागेको थियो । उनी रोनाल्डोको स्थान लिँदै पहिलो हाफमा मैदानमा प्रवेश गरेका थिए । अन्तिम समयमा आन्द्रे सिल्भाले तेस्रो गोल गरे ।

    विश्वकपको युरोपेली छनोटमा समूह ‘ए’ मा पाँच टिममात्रै छन् । कतारले आयोजना गर्ने विश्वकप २०२२ छनोटको प्रतिस्पर्धामा शनिबार मैदानमा नरहेका टिमहरू मैत्रीपूर्ण खेलमा उत्रिएका थिए । पोर्चुगल समूहको शीर्षस्थानमा रहेको सर्बियाभन्दा एक अंक पछाडि रहेको छ । फर्नान्डो सान्तोसको टिमले एक खेल कम खेलको छ ।

  • २५ आश्विन २०७८, सोमबार १३:०२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ