दशैंमा शुक्लाफाँटा नगरपालिकाका कर्मचारीले पाएनन् तलब – Dastabej

दशैंमा शुक्लाफाँटा नगरपालिकाका कर्मचारीले पाएनन् तलब


  • दस्तावेज

  • कञ्चनपुर, २५ असोज (रासस) ःशुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन् । दसँैंका लागि तलब थाप्न नपाइने भएपछि उहाँ निराश हुनुभएको हो ।

    “तलब पाएपछि परिवारकाका लागि नयाँ कपडा खरिद गरी रमाइलोसँग दसँैं मनाउने योजना थियो” उहाँले भन्नुभयो, “तलबनै नपाइने भएपछि रमाइलोसँग दसँैं मनाउने सपना सपनामै सीमित रहन पुगेको छ । निकै न्यास्रो लागेको छ ।” नगरपालिकामा कार्यरत ८३ स्थायी, १४२ करार र एकजना अस्थायी गरी २२६ कर्मचारीले तलब थाप्न पाएका छैनन् । आधारभूत तह, माध्यमिक तहका गरी ३०० , निजी स्रोतका ८४ शिक्षक, लेखापाल, १३ र बालविकास ६५ गरी ४६२ विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् ।

    वडाको बजेट बाडँफाँट र योजनाको टङ्गो लाग्न नसक्दा कर्मचारीले तलब नपाएका हुन । “वडा कार्यालयले योजना दिन ढिलाइ गरे” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसन सिंह थापाले भन्नुभयो, “खाता सञ्चालनमा ल्याउन सकेनौं । त्यसै कारणले कर्मचारीलाई दसैँमा तलब दिन सकिएन ।”
    तलब निकासाका लागि प्रयास गर्दागर्दै पनि उपलब्ध गराउन नसकिएको उहाँले जानकारी दिनुभयो । नगर परिषद्मा गत असार ९ गते पेश भएको बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच चर्काचर्की भएपछि अवरोध भएको थियो । लामो समयसम्म बजेट बाँडफाँट हुन नसकेपछि अन्यौलताको अवस्था सिर्जना भएको थियो ।

    विवादकैबीच बजेट बाँडफाँट गरिए वडाबाट योजनानै समयमै उपलब्ध नगराइएपछि कर्मचारीले दसँैंका बेला तलबनै पाएनन् । नगरपालिका कर्मचारीका अनुसार बजेटको रातो किताब अहिलेसम्म पनि प्रकाशित भएको छैन । रातो किताब कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) मा पेश भएपछि मात्रै बजेट निकासा गरिने कानूनी प्रावधान रहेको छ ।

    तलब नपाइएपछि अधिकांश नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकले आफन्तबाट सापटी र कर्जा लिएर दसँैंको खर्च चलाउने योजना बनाएका छन् ।
    “दसँैंमा तलब पाएनौँं” नगरपालिकाका कर्मचारी गोकुल जोशीले भन्नुभयो, “आफन्तबाट सापटी माग्ने योजनामा छौंँ । पाउने नपाउने निधो छैन । खर्च नभएपछि अरुको मुख ताक्नुपर्ने अवस्था आएको छ ।”

    आव २०७८÷७९ को पहिलो त्रैमासिक तलब भत्ता चाँडो भन्दा चाँडो निकासाका लागि नगरपालिका समक्ष ध्यानाकर्षण पत्र बुझाउँदासमेत पाउन नसकिएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका नगर कमिटी अध्यक्ष लोकेन्द्र कँुवरले जानकारीदिनुभयो ।

    “केही दिनअघिनै शिक्षक कर्मचारीको मासिक तलब निकासाका लागि माग गरेपनि पाउन सकेका छैनौँं” उहाँले भन्नुभयो, “खर्च बिनानै वर्षमा एक पटक आउने दसँैं मनाउनुपर्ने भएको छ ।”

  • २५ आश्विन २०७८, सोमबार १४:४३ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ