रारा साइकल यात्रा २ः   साइकल गुडाउदै, सम्बन्ध जोड्दै - Dastabej

रारा साइकल यात्रा २ः   साइकल गुडाउदै, सम्बन्ध जोड्दै


  •  - सतिश निरौला

  •  

    रारा वृतान्त धेरै छन् मनभरी , राजा महेन्द्र ले अप्सरा उपमा दिएको रारा आफैं मा सुन्दर छ मनमोहक छ, निस्चल छ अनि पवित्र पनि तर रारा जति सुन्दर छ त्यो सुन्दरता को अनुभुती गर्न पार गर्नु पर्ने बाटो हरु अत्यन्तै कठिन अप्ठ्यारा र कहालीलाग्दो छन् सायद त्यसैले पनि रारा को थप पर्वधन मा अप्ठ्यारो पारिरहेको छ। नेपाल साइकल उत्सव -2021 अन्तर्गत देश घुमौ, सम्बन्ध जोडौ भन्ने नारा बोकेर साइकल गुडाउदै नयाँ परिवेश र नौलो साथीहरू सङ्ग समेत सम्बन्ध जोडेर पुगियो रारा , रारा कल्पना गरेको भन्दा फरक र अद्भुत छ ठिक त्यस्तै सोचेजस्तो पनि छैन रारा ।

    बाटोघाटो को समस्या मात्रै होईन अरु थुप्रै कुरा को अभाव र समस्या रारा को बिकास र समग्र कर्णाली को कायापलट को बाधक हुन् । थप सकारात्मक पहल र प्रयत्न भए एउटा रारा ले मात्रै सारा कर्णाली को भविष्य फेर्न सक्छ। म नैनिताल पनि पुगे राराताल पनि जुर्यो मलाई अर्को संयोग र रमाइलो कुरा यी दुबै ताल साइकल का पाइडल मारेरै चुम्ने अवसर मिल्यो, केहि कुरा नैनितालको अनि केहि रारा कै गरौं ।

    नैनिताल भारत को एउटा प्रसिद्ध पर्यटकीय शहर हो जुन शहर त्यहाँ रहेको तालको नामबाट नै राखिएको छ, पहाडी डाडा मा पहाड का भित्ता भित्तामा बसाइएको छ नैनिताल शहर , भारत को उत्तराखण्ड प्रदेश कै लागी बरदान बनेको छ नैनिताल केही समानता पनि छन् नैनिताल र रारातालका। नैनिताल वरपर पर्यटक का आँखा तिर्मिर्याउने बजार हरु छन् , मन लोभ्याउने सोभेनियर पसल देखी तालवरिपरी भेटिने क्याफे र रेस्टुराँ हरु ले गोजि रित्तिएको पत्तै पाउदैनन् पर्यटक हरु, ब्यबस्थित रूपमा खोलिएका देशी र अङ्ग्रेजी सराब का पसल र अनि बियर बारहरु मा साझ झुम्मिन्छ्न पर्यटक हरु। आकार, सुन्दरता भौगोलिक हिसाबले नैनिताल भन्दा सयौं गुणा भब्य छ रारा ताल तर ताल सम्म पुग्दा ज्यान बिर्सिएर जानुपर्ने अवस्था , ताल वरपर न कुनै बजार न त सेवा सुबिधा नै एकपटक पुगेका लाई त्यहाँ रारा ताल ले एकछिन त लोभ्याउछ नै तर यस्तै अवस्था दोस्रो पटक रारा जाने सपना एकाअधले मात्रै बुनेर फर्किन्छ्न रारा बाट ।

    रारा को पारा बदल्न सके रारा ले अथाह दिन्छ कर्णाली लाई , मुगाली जनता मात्रै होईन रारा को भौतिक पुर्वाधार बिकास र रारा लाई सुबिधा युक्त बनाउने हो भने रारा ले सुर्खेत , कालिकोट , जुम्ला र मुगु कै आर्थिक र सामाजिक परिवेश मा छोटो समयमै ठुलो फड्को मार्छ। कर्णाली बासी ले नेपालगन्ज र काठमाडौ ताक्नु पर्दैन रारा लाई थप सुबिधाजन्य बनाउन सके।

     

     

     

    सुन्दा अपत्यारिलो भोग्दा अप्ठ्यारो थियो साइकलमा रारा तर बिश्वसाइकल यात्री पुष्कर शाह को योजना थियो काठमाडौ को खाल्डो वरिपरि मात्र रमाएका अनि नेपाल का पुर्वी क्षेत्र मात्र घुमेकाहरु , तराई का फाटमा मात्र साइकल गुडाएकाहरुलाई नेपाल विकट क्षेत्र का रूपमा चिनिएको कर्णालीका कालिकोट , जुम्ला र मुगू डुलाउने जुन साइकल बाट नै पुरा भयो, झन्डै एकमहिना नेपाल को पुर्वी क्षेत्र इलाम को श्री अन्तु डाडा देखि मुगू को रारा तालसम्म पुर्याउनु कहाँ सजिलो थियो र कहिँ सुत्न गाह्रो , कहिँ खान अप्ठ्यारो , कहिँ बाटोघाटो को समस्या त बेला – बेला मा रेस्क्यु, लगेज र खानाको क्याटरिङ्ग बोकेर हिडेका गाडी बिग्रीदाको झन्झट , फरक फरक परिवार , फरक फरक परिवेश र आ- आफ्नो स्वभाव र शैली का 70 जना साइकलेहरु लाई एकमहिना एउटै परिवार का रूपमा मुलि भएर हिडाउनु अनि त्यसको ब्यबस्थापन गर्नु कठिन मात्र होइन चुनौतीपूर्ण थियो तर पनि केहि ब्यबस्थापकिय कमजोरीका बाबजुद एकमहिना को साइकल यात्रामा सहभागीहरु लाई सकुशल इलाम – रारा पुर्याएर घर फर्काउनु लाई उपलब्धि मुलक नै मान्नुपर्छ ।

    यो साइकल यात्रा ले नेपाल मा आन्तरिक पर्यटन पर्वधन र घुमफिर का लागी साइकल लाई स्थापित गरेको छ भने युवा पुस्ता मा मात्र होइन समाज का विभिन्न क्षेत्रमा कृयासिल मानिसहरू लाई समेत साइक्लिङ्ग प्रति को आकर्षण बढाएको छ।

  • २७ आश्विन २०७८, बुधबार ०९:२७ प्रकाशित

  • Nabintech