कुख्यात अमेरिकी गुन्डा नाइकेका सरसामान लिलाम, ३० लाख डलरमा विक्री – Dastabej

कुख्यात अमेरिकी गुन्डा नाइकेका सरसामान लिलाम, ३० लाख डलरमा विक्री


  • दस्तावेज

  • बीबीसी ।  कुख्यात अमेरिकी गुन्डा नाइके अल कुपोनका सरसामान सङ्ग्रह ३० लाख अमेरिकी डलरमा विक्री भएको छ।

    यसै सप्ताहान्त क्यालिफोर्नियामा भएको एउटा लिलाम बढाबढमा ती सरसामान विक्री गरिएको हो।

    अल कुपोनका करिब १४७ सरसामानमा बन्दुकदेखि उनका निजी तस्वीरहरू, गरगहना तथा फर्निचर थिए।

    ‘बदनामीको एक शताब्दीः अल कुपोनका सम्पत्ति’ नाम दिइएको लिलाम बढाबढ कार्यक्रम एउटा निजी क्लबमा गरिएको थियो।

     


    तस्बिरको क्याप्शन, अल कुपोनले प्रयोग गरेका फर्निचर लगायतका सामानतस्बिर स्रोत,REUTERS

    विक्रीका कारण के?
    लिलाम बढाबढमा करिब एक हजार क्रेताहरू सहभागी भए। सबैभन्दा मन पराइएको सामानको रूपमा कुपोनको बन्दुक रह्यो जुन आठ लाख ६० हजार डलरमा विक्री भयो।

     

     


    तस्बिर स्रोत,REUTERS तस्बिरको क्याप्शन, अर्थस्वचालित पेस्तोल

    द शिकागो ट्रिब्युन पत्रिकाका अनुसार २०औँ शताब्दीको एउटा बन्दुक सबैभन्दा उच्च रकममा विक्री भएको ठानिएको छ। अल कुपोन शिकागोका गुन्डा नाइके थिए जो सन् १९२० को प्रतिबन्धात्मक समयमा अपराधको दुनियाँमा ‘पब्लिक इनेमी नम्बर वान’ अर्थात्‌ जनताका एक नम्बरको शत्रुका रूपमा चिनिन्थे।

     

     


    तस्बिर स्रोत,REUTERS  अल कुपोनले प्रयोग गरेका विभिन्न सरसामान

    अन्ततः उनी करछलीको अभियोगमा जेल जानुपर्‍यो र उनले अलकुट्राज कारागारमा थुप्रै वर्ष बिताए।

    अल कुपोनले प्रयोग गरेका सरसामान उनको मृत्यु भएको करिब ७५ वर्षसम्म परिवारसँग रह्यो। सन् १९४७ मा उनको मृत्यु भएको थियो।

     

     


    तस्बिर स्रोत,REUTERS तस्बिरको क्याप्शन, अल कुपोनका तीन जीवित नातिनीमध्ये एक डिआन क्यापोनी

    अल कुपोनका तीन जीवित नातिनीमध्ये एक डिआन क्यापोनीले आफू र बुढ्यौली लाग्न लागेका आफ्नी दिदीहरूको सल्लाहमा ती सरसामान विक्री गरेको समाचार संस्था रोयटर्सलाई बताइन्।

    उत्तरी क्यालिफोर्नियास्थित आफूहरूको घरमा जङ्गली जनावरहरूको आक्रमणको बढ्दो जोखिम पनि ती सरसामान बेच्नुको एउटा कारण भएको उनले बताइन्।

  • २७ आश्विन २०७८, बुधबार ११:१२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ