राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन, सवारी दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि – Dastabej

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन, सवारी दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि


  • दस्तावेज

  • काभ्रेपलाञ्चोक, २७ असोज (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभयो ।

    पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले आज विहान करिब दश मिनेट पूजाअर्चना गर्नुभएको हो । उहाँ विहान १०ः३० बजे मन्दिर पुग्नुभएको थियो । उहाँ राष्ट्रपति भएपछि यस मन्दिरमा गर्नुभएको पूजाअर्चना यो तेस्रो पटक हो । गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो ।

    राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भिम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगर उपप्रमख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

     

    काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका९ स्थित पलाञ्चोक भगवती मन्दिरमा बडादशैँको महाष्टमी दिन दर्शनका लागि बुधबार यहाँ आइपुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै जनप्रतिनिधि । तस्वीरः पेमा लामा/रासस

    हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गर्नुभएका राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पु¥याइएको थियो ।

    करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ । यो मन्दिरमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ ।

    राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि

    राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठूलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताउनुभएको छ ।

    राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्विटमार्फत् बडादशैँ मनाउन आफ्ना घर जाने र घुमघामका लागि यात्रा गर्ने क्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेल्धुरा, कास्कीलगायतका स्थानमा भएका दुःखद् दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रायः चाडबाडका बेला सवारी दुर्घटना बढी हुने प्रवृत्ति पटक पटक दोहोरिने क्रम जारी रहेकाले नियामक निकाय, सेवा प्रदायक तथा सेवाग्राही सबैलाई सतर्कता अपनाउन ध्यानाकर्षण गराउनुभएको छ ।

  • २७ आश्विन २०७८, बुधबार १४:१५ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ