न्यायको खोजीमा बगिरहेका आँसु [फोटो फिचर] – Dastabej

न्यायको खोजीमा बगिरहेका आँसु [फोटो फिचर]


  • तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

  • काठमाडौँ — देशभर दसैंको रमझम छ । अधिकांश नेपालीहरु टीका जमरा लगाएर मिठो खाँदै रमाइलो गरिरहेका छन् । नेपालगन्जकी रुबी खान भने विजया दशमीकै दिन काठमाडौंको मुटु मानिने माइतीघर मण्डलामा न्यायको खोजीमा आमरण अनसन बसिरहेकी छन् । प्रहरी हिरासतमै आमरण अनसन बस्न थालेकी रुबीले रिहाइपछि आठौं दिन पनि आमरण अनसन जारी राखेकी छन् ।

     

     

    उनीसहित गत साता बाँकेदेखि २० दिन हिँडेर आएकाहरु माइतीघरमै धर्ना बसिरहेका छन् । सर्वोच्च अदालतको आदेशपछि बाँकेस्थित हिरासतमा गुपचुप रुपमा राखिएकी खानलाई प्रहरीले बिहीबार रिहा गरेको थियो । प्रहरीको रिहाइपछि खान माइतीघर पुगेर आमरण अनसन बस्न थालेकी हुन् ।

     

    प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएपछि उनी बिहीबार नै छुटेकी हुन् ।

     

     

     

    बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दै नेपालगन्जबाट आएको टोलीको नेतृत्व गरेकी रुबी खानलाई जिल्ला प्रहरी कार्यालयको पत्रबमोजिम भन्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरी गत २३ गते नेपालगन्ज पठाएको थियो ।

     

     

     

     

     

     

     

     

     

     

     

     

    ईकान्तिपुर ।

  • २९ आश्विन २०७८, शुक्रबार १८:०० प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान