निर्मला-नन्कुन्नी प्रकरणः अनुसन्धानको गाइडलाइन तयार पार्दै – Dastabej

निर्मला-नन्कुन्नी प्रकरणः अनुसन्धानको गाइडलाइन तयार पार्दै


  • दस्तावेज

  •  

     

    नेपालगन्ज — बाँके परसपुरकी निर्मला कुर्मीलाई १२ वर्षदेखि ‘बेपत्ता पारिएको’ र नवाजी गाउँकी नन्कुन्नी मृत्यु प्रकरणबारे सरकारले गठन गरेको छानबिन समितिको बैठकले गाईड लाईन तयार पार्दै छ । समितिका सदस्य रहेका राष्ट्रिय अनुसन्धानका उपनिर्देशक वीरेन्द्रसिंह कार्की शुक्रबार बिहान नेपालगन्ज आएपछि समितिको बैठक बसेर गाईड लाईन तयार पार्न थालिएको हो ।

    त्यससँगै घटनासँग सम्बन्धित व्यक्तिहरुको नामावली तयार उनीहरुलाई भेट्ने, स्थानीय तथा प्रत्यक्षदर्शीहरुसँग छलफल तथा सुरक्षा अधिकारीहरुसँग छलफल गर्ने जनाइएको छ ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी श्यामबहादुर खड्काले छानबिन समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बसेको बताए । उनका अनुसार समितिको बैठकले दुई घटनाको छानबिनका लागि आधार तयार पार्नेछ । त्यस्तै समितिका पदाधिकारीहरुले प्रहरी कार्यालयमा निर्मला र नन्कुन्नीबारे दर्ता भएका मुद्दा, अनुसन्धानको विधि र प्रक्रियाहरू बुझ्ने बताइएको छ । निर्मला कुर्मीको नेपालगन्ज–१७ परस्पुरमामा रहेको ४ बिघा १३ कठ्ठा जग्गा हडपन हत्या गरेको दाबी अधिकारकर्मीहरुको छ । उनका श्रीमान् र दुई छोराको मृत्यु भएपछि निर्मलाको जग्गा हडपन षड्यन्त्र गरिएको बताइएको छ ।

    गत साउनमा नवाजी गाउँस्थित आफ्नै घरैमा मृत भेटिएकी नन्कुन्नी र १२ वर्षदेखि बेपत्ता पारिएकी भनिएकी निर्मलाको हत्या भएको दाबीसहिति अधिकारकर्मी रुबी खानको नेतृत्वमा संघर्ष सुरु गरिएको थियो । तर सुनुवाइ नभएपछि नेपालगन्जबाट २० दिन पैदल हिँडेर काठमाडौं पुगेर माइतीघरमा दैनिक धर्ना दिइएको थियो । चर्को दबाबपछि बल्ल सरकारले छानबिन समिति गठन गरेको हो ।

  • ५ कार्तिक २०७८, शुक्रबार १५:३९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान