कोरोनाबाट ११ को मृत्यु, ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त – Dastabej

कोरोनाबाट ११ को मृत्यु, ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त


  • दस्तावेज

  • काठमाडौँ ः   पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । पछिल्लो २४ घन्टामा  कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३३७ जनाको निधन भएको छ ।

    आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । सङ्क्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् ।

    पछिल्लो २४ घन्टामा ९३२ जना सङ्क्रमणबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८५ हजार ८१३ जनामा सङ्क्रमण रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ ।

    त्यसैगरी होम आइसोलेसन १० हजार ११६, संस्थागत आइसोलेसनमा ८३० जना, सघन उपचार कक्ष (आइसियु)मा २७९ र भेन्टिलेटरमा ९१ जना रहेका छन् । आज ५८ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगा

  • ५ कार्तिक २०७८, शुक्रबार १६:४५ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान