चाडपर्व आयो, बाँकेमा लापरवाही बढ्यो – Dastabej

चाडपर्व आयो, बाँकेमा लापरवाही बढ्यो


  • दस्तावेज

  •  

    नेपालगन्ज— चाड पर्वका दिन छन् । भिडभाड बढ्दै गएको छ । जसका कारण कोरोना संक्रमण फेरि बढ्न सक्ने खतरा बढ्दै गएको छ । गत वर्ष यसैगरी लापरवाही गर्दा यस्तो भयाभव बन्यो कि बेड नपाएर कतिको ज्यान गयो । अस्पतालमा विरामीको चाँप थेग्न नसकेपछि कतिपयको होम आईसोलेसनमा ज्यान गयो ।

    १४२ वटा कोभिड वार्डमा करिव ३ सय भर्ना गर्नुपर्ने अवस्था आईलाग्यो । भेरी अस्पतालले पाल टाँगेर पनि विरामी भर्ना ग¥यो । पछिल्लो समय भने यो सिजनमा बाँकेमा गत वर्ष झै कोरोनाको संक्रमण घटेको छ । कोरोनाको संक्रमण घटेपछि यस क्षेत्रकै ठूलो निजी शिक्षण अस्पताल नेपालगन्जले कोरोना वार्ड बन्द गरिसकेको छ । तर यस क्षेत्रक्रै ठूलो सरकारी भेरी अस्पताल नेपालगन्जले भने तेस्रो भेरियान्ट आउन सक्ने भन्दै तयारीमा जुटेको छ ।

    भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसीयन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले पछिल्लो समय बाँकेमा लापरवाही निकै बढेको बताउँछन् । ‘बजार खुलेका छन् । भिडभाड बढेको छ । दुरी कायम गरिएको छैन,’ उनले भने,‘समान्य स्वास्थ्य मापदण्ड पूरा गरिएको छैन । कतिसम्म समान्य गर्न सकिने दुरी कायम त्यो पनि छैन ।’ उनका अनुसार संक्रमण कम देखिए पनि कोरोना समुदायमा फैलिसकेको र यसैगरी लापरवाही बढ्दै जाने हो भने फेरि पनि अवस्था भयाभव परिस्थिती भोग्नु पर्ने अवस्था आउन सक्छ ।

     

    बाँकेमा अझै पनि १०देखि १५ प्रतिशत बढीमा संक्रमण देखिने गरेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमण दर पाँच प्रशितशतमा झरे नियन्त्रणमा आएको मान्ने गरेको छ ।

    हालसम्म बाँके भित्रका कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ३ सय ५५ पुगेको छ । कोरोना मुक्त हुनेको संख्या १७ हजार ९ सय ७७ पुगेको छ । शुक्रबार ५ जनामा कोरोना संक्रमित थपिएका छन् । बाँकेमा कोरोना संक्रमणबाट ३ सय ३७ को ज्यान गएको छ । बाहिर जिल्लाका ४ सय २५ को मृत्यु भएको छ ।

  • ६ कार्तिक २०७८, शनिबार ०८:२८ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान