आज २७ औँ कण्डम दिवस, यस्तो छ कण्डमको इतिहास – Dastabej

आज २७ औँ कण्डम दिवस, यस्तो छ कण्डमको इतिहास


  • दस्तावेज

  • नेपालगन्ज ।   नेपाली जनजिब्रोमा ढाल भनेर चिनिने कण्डम आधुनिक गर्भनिरोधक साधन होला भनेर तपाइँलाई लागेको छ भने तपाइँ गलत हुनुहुन्छ । कण्डम अहिलेको विकशित चिकित्सापद्धतिको देन होइन यसको इतिहास हजारौँ वर्ष पूरानो छ ।इशापूर्व १३ सय ५० देखिको मिश्रको सभ्यताका बेलादेखि नै मानिसहरुले कण्डम प्रयोग गर्ने गरेको इतिहासले देखाउँछ ।

    मिश्रवासीहरुले झण्डै साढे ३ हजार वर्ष पहिले यौनरोगबाट बच्नका लागि कण्डमको प्रयोग गर्थे । तर त्यतिबेला गर्भ रहन नदिन भने कण्डमको प्रयोग हुँदैनथ्यो ।यस्तै सन् १०० देखि २०० सम्मका दक्षिणी प|mान्सका गुफाका ढोकाहरुमा खिचिएका पौराणिक चित्रकलामा समेत कण्डमका चित्र पाइएको छ ।

     

     

    कण्डमको नाम कसरी रह्यो ?

    कण्डमको नामाकरणको बारेमा केही किम्बदन्तीहरु प्रचलनमा छन् । भनिन्छ कण्डम भन्ने नाम बेलायती राजा चाल्र्स द्धितियका समयमा रहेका डाक्टर कन्डान तथा कर्णेल कण्डमको नामबाट सुरु भएको हो । कसैको भनाइमा कण्डम शव्द ल्याटिन भाषाबाट आएको हो जसको अर्थ माटोको भाँडो भन्ने हुन्छ । कसैकसैले भने यो शव्द फारसी भाषाको कोन्डू वा केंडू बाट आएको बताउँछन् ।

    अचम्मका कण्डम
    अठारौँ शताब्दीमा जनावरकोे आन्ध्राबाट बनेका कण्डम समेत प्रचलनमा आएका थिए । तर धेरै महंगा भएकाले सर्वसाधारणले त्यसको प्रयोग नगर्दा ती लोप हुन पुगे ।

    कण्डमलाई फर्केर हेर्दा

    इशापूर्व १ हजार वर्षभन्दा अघि सबैभन्दा पहिले कण्डमको प्रयोग मिश्रवासीहरुले गरेको विश्वास गरिन्छ । उनीहरुले कपडाबाट बनेका कण्डमको प्रयोग गर्थे ।

    सन् १०० देखि २०० सम्म
    मिश्रबाट सुरु भएको कण्डमको उपयोग यो समयसम्म युरोपमा पुगिसकेको थियो ।

    सन् १५००
    यसअघि एउटा रेशादार कपडाबाट कण्डम बनाइने गरिएकोमा सोह्रौँ सताब्दीमा गेब्रील फेलोपिअस नामका व्यक्तिले नयाँ प्रकारले कण्डमको निर्माण गरे । उनले कपडाको रेशामा रसायन मिलाएर नयाँ कण्डम बनाए । उक्त कण्डम केबल यौन रोगबाट बच्नको लागि मात्र होइन गर्भनिरोधक पनि थियो ।

    सन् १७००
    चाल्र्स द्धितियको शासनकालमा जनावरका आन्ध्राबाट बनेका कण्डमको प्रचलन सुरु भयो । राजाले आफुले चाहेका सुन्दरीहरुसँग जथाभावी गर्ने यौन सम्पर्कका कारण धेरै अवैध सन्तान जन्मिने गरेपछि त्यसलाई रोक्न यस्ता कण्डमको उत्पादन भएको हो ।

    सन् १८००
    यो अवधिमा युरोप र अमेरिकामा आधुनिक कण्डमको उत्पादन सुरु भयो । मुलायम रबरबाट कण्डम उत्पादन सुरु भयो । सन् १८६१ मा अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले पहिलोपटक कण्डमको प्रचारप्रसारका लागि एक विज्ञापन समेत प्रकाशित गर्यो ।

    सन् १९००
    यसभन्दा अघि सबै प्रकारका कण्डम हातले नै तयार पारिन्थ्यो जसका कारण कण्डमको गुणस्तर न्युन हुन्थ्यो । सन् १०१९ मा अमेरिकाका प|mेडेरिक किलिआनले प्राकृतिक रबर लेटेक्स तयार पारे । सन् १९५७ मा बेलायतको ड्युरेक्स कम्पनीले पहिलोपटक लुबि्रकेटेड कण्डम तयार पार्यो ।

    वर्तमान स्थिति
    अहिले कण्डम गर्भनिरोध तथा यौनसुरक्षाको लागि निकै प्रचलित साधन बनेको छ । थरीथरीका कण्डम बजारमा छन् । पुरुषका लागि मात्र नभएर महिला कण्डम पनि बनिसकेका छन् ।source:online khabar

  • ६ कार्तिक २०७८, शनिबार ०९:३९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान