निर्मला बेपत्ता र नन्कुन्नी मृत्यु प्रकरणः तत्कालिन सुरक्षा अधिकारीको भूमिका अध्ययन गछौँ—छानबीन समिति – Dastabej

निर्मला बेपत्ता र नन्कुन्नी मृत्यु प्रकरणः तत्कालिन सुरक्षा अधिकारीको भूमिका अध्ययन गछौँ—छानबीन समिति


  • दस्तावेज

  • नेपालगन्ज । करोडौंको जग्गा हड्पन बाँके परसपुरकी निर्मला कुर्मीलाई १२ वर्षदेखि ‘बेपत्ता पारिएको’ र घरेलु हिंसाकी शिकार भएकी नवाजी गाउँकी नन्कुन्नी मृत्यु प्रकरण बारे सरकारले गठन गरेको छानबीन समितिले आवश्यक परे मुद्दाको फाईल अध्ययन गर्ने जनाएको छ ।

    शुक्रबारदेखि काम सुरु गरेको समितिले घटनासंग सम्बन्धित व्यक्ति र संस्थाहरुसंग जानकारी लिन सुरु गरेको छ । छानबीन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीले शुक्रबारबाट घटना बारे छानबीन कार्य सुरु गरिसकिएको र तत्कालिन सुरक्षा अधिकारीहरुको भूमिका, जग्गा पकरण, घरेलु हिंसा, प्रहरीमा परेको उजुरी, त्यसमाथि भएको अनुसन्धान लगायतका विषयमा जानकारी लिन सकिने छ ।

    समितिले निर्मला बेपत्ता घटनालाई पनि गम्भिरतापुर्बक लिएको छ । १२ वर्षअघि निर्मला कुर्मीको नेपालगन्ज १७ परस्पुरमामा रहेको ४ बिघा १३ कठ्ठा जग्गा हड्पन हत्या गरेको दाबी अधिकारकर्मीहरुको छ । उनका श्रीमानको मृत्यु भएपछि र दुई लक्का जवान छोराको मृत्यु भएको थियो ।

     

     

    त्यसलगत्तै निर्मलाको करोडौंको जग्गाका लागि अनेक षडयन्त्र गरिएको छ । तत्कालिन सांसद बादशाह कुर्मी, नेपालगन्जका जग्गा कारोबारी रमेश थापालगायतका ८ जनाले निर्मलाको जग्गा हड्पन अपरण गरिएको मुद्दा प्रहरी कार्यालयमा दर्ता छ ।

     

    छानबीन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव रेग्मी, सदस्यहरु राष्ट्रिय अनुसन्धानका उपनिर्देशक विरेन्द्रसिंह काकी, नेपाल प्रहरीका उपरीक्षक रामप्रकाश साह, कानुनका उपसचिव रामप्रसाद लम्साल, आन्दोलनरत पक्षका तर्फबाट मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत अमर शिलवाल रहेका छन् ।

  • ६ कार्तिक २०७८, शनिबार १२:४३ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान