खोलामा बालक बेपत्ता, एक पुरुष मृतावस्थामा भेटिए – Dastabej

खोलामा बालक बेपत्ता, एक पुरुष मृतावस्थामा भेटिए


  • दस्तावेज

  • बलेवा, ७ कात्तिक (रासस) ःबागलुङ जिल्लाको ढोरपाटन नगरपालिका– ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन –७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् ।

    उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् । नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए । बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

    नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ ।

    यस्तै जैमिनी नगरपालिकामा एक जना मृत फेला परेका छन् । जैमिनी –२ ठेउलेखोलाका किनारमा सिस्नेरका ४५ वर्षीय दलवीर सार्की मृतावस्थामा फेला हुन् ।

  • ७ कार्तिक २०७८, आईतवार ०८:५५ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान