नेपालगन्जमा संचार तथा सामुदायिक सहभागिता सम्बन्धी दुई दिने कार्यशाला संचालनमा – Dastabej

नेपालगन्जमा संचार तथा सामुदायिक सहभागिता सम्बन्धी दुई दिने कार्यशाला संचालनमा


  • दस्तावेज

  • नेपालगञ्जमा कोभिड १९ जोखिम संचार तथा सामुदायिक सहभागिता सम्बन्धी दुई दिने कार्यशाला संचालन गरिएको छ ।

    जिल्लाको बाल तथा युवा क्लबका पदाधिकारी सदस्य लक्षित गरी नेपालगञ्जमा उक्त कार्यशाला संचालन गरिएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सेभ द चिल्ड्रेनको साझेदारीको सहयोगमा सामाजिक बिकास मञ्च (एस डि एफ) बाँकेले जोखिम संचार र सामुदाय संलग्नता परियोजना अन्तर्गत कार्यशाला संचालन गरेको जनाएको छ ।

    नेपालगञ्जमा उपमहानगरपालिकामा रहेको युवा क्लब, बाल क्लबमा आबद्ध किशोर किशोरी युवाहरुको सहभागिता रहेको कार्यशालामार्फत कोभिड १९ खोप सम्बन्धी रहेको डर र हिचकिचाहट पत्ता लगाई खोप्रति आम सर्वसाधारण समुदायको बिद्यमान गलत धारणामा परिवर्त गर्ने र खोप कार्यक्रममा जनसमुदायको सहभागितामा बृद्धि गराउने उद्देश्य रहेको छ ।

    कार्यक्रमको उद्घाटनमा शत्रमा परियोजनाका सम्बन्धमा परियोजना संयोजक शिवानी भट्टराईले जानकारी गराउनुभएको थियो भने कार्यशालालाई सहयोगी संस्था सेभ द चिल्ड्रेनका आयुष जोशी श्रेष्ठ र अमिक पौडेलले सहजीकरण गर्नुहुने भएको छ ।

  • ७ कार्तिक २०७८, आईतवार ०९:३३ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान