भरुवा बन्दुक पड्किएर मृत्यु – Dastabej

भरुवा बन्दुक पड्किएर मृत्यु


  • दस्तावेज

  •  

    मुगु । खत्याड गाउँपालिका(१० डुवाना बस्‍ने अम्‍मर दिन रावलको छोरा १० वर्षीय विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

    सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकास रावल सहित ३ जना बच्चाहरुले खेलाउने क्रममा पड्किँदा विकासको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढीकबाट खटिएको प्रहरीले परे रावललाई उक्त भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • ७ कार्तिक २०७८, आईतवार १०:१८ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान