नेपालगन्जका विकासका योजना छिटो सम्पन्न गर्न निर्देशन – Dastabej

नेपालगन्जका विकासका योजना छिटो सम्पन्न गर्न निर्देशन


  • दस्तावेज

  •  

    नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले चालु आर्थिकवर्षका काम छिटो भन्दा छिटो पूरा गर्न मातहतका प्राविधिक तथा कर्मचारीलाई निर्देशन दिएका छन् । उप–महानगरपालिका अन्तर्गतका विषयगत शाखा प्रमुखहरुको संयुक्त बैठकमा नगर प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले सम्पूर्ण आयोजनाहरुको काम छिटो भन्दा छिटो गुणस्तरयुक्तरुपमा सम्पन्न गर्न अहिलेदेखि जुट्न निर्देशन दिएका हुन ।

    नगर प्रमुख राणाले समयभित्रै काम सम्पन्न नगर्ने र निर्माण कार्यमा सन्तोषजनक प्रगति गर्न नसक्ने निर्माण कम्पनीलाई नियमानुसार कारवाहीको प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिए । उनले नगरभित्र सन्चालित सम्पूर्ण आयोजनाहरुको कार्य प्रगति बारे जानकारी लिदै अधुरा आयोजनाहरु पनि छिटो भन्दा छिटो सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे ।

    आयोजनाहरुको लागत स्टिमेट, बोलपत्र आव्हान लगायतका बाँकी रहेका कामहरु पनि छिटो भन्दा छिटो सम्पन्न गरी छिटो काम सञ्चालन गर्न नगर प्रमुख राणाले आग्रह गरे ।

     

    नगर उपप्रमुख उमा थापा मगरले नगरभित्र महत्वपूर्ण कामहरु सन्चालन भईरहेको भन्दै निर्माण कार्यमा कुनैपनि खालको समस्या हुन नदिने गरी काम समयभित्रै हुने वातबरण बनाउन कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिईन ।

  • ८ कार्तिक २०७८, सोमबार ०७:५३ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान