खैरापुर संरक्षित क्षेत्रमा एक वर्षमा ८५ कृष्णसार मारिए – Dastabej

खैरापुर संरक्षित क्षेत्रमा एक वर्षमा ८५ कृष्णसार मारिए


  • दस्तावेज

  • बर्दिया — चितुवा, हुडार र स्यालको आक्रमणबाट गत वर्ष साउनदेखि यस वर्षको असार मसान्तसम्म ८५ वटा कृष्णसार मारिएका छन् । चितुवाको आक्रमणबाट मात्रै यस अवधिमा ६५ वटा कृष्णसार मारिएको संरक्षण क्षेत्रका रेन्जर मनराज लामा मोक्तानलाई उद्दृत गर्दै ईकान्तिपुरले समाचार प्रकाशित गरेको छ । स्याल, हुडार र कालगतिबाट २० वटा मारिएका हुन् ।

    उक्त अनलाईनका अनुसार संरक्षण क्षेत्रसँग जोडिएको उत्तर–पूर्वतर्फ रहेको सामुदायिक वनबाट निस्कने चितुवाले कृष्णसारलाई लखेटेर मार्ने गरेका हुन् । तीन वर्षअघिसम्म करिब तीन सयको संख्यामा रहेका कृष्णसार अहिले घटेर १ सय ७० रहेको संरक्षण कार्यालयले जनाएको छ ।

    हाल भाले ४३, पोथी १ सय १२ र बच्चा १५ रहेका छन् । चितुवाको आक्रमण रोकिएन भने एक–दुई वर्षमा कृष्णसार लोप हुने संरक्षण क्षेत्रका कर्मचारी बताउँछन् ।

     

     

    संरक्षण क्षेत्रमा रहेका तुलसीपुर र बेचैपुरमा रहेको संरक्षित वनमा रहेका चारवटा चितुवाले पटक–पटक आक्रमण गरेपछि कृष्णसार संकटमा परेका हुन् ।

    चरीचरण क्षेत्रमा पर्याप्त पानी र दुबो घाँस नहुनुले पनि वन क्षेत्रमा चरिचरण गर्दा चितुवाले आक्रमण गर्न थालेका छन् । चितुवाको आक्रमण रोक्ने प्रयास नहुँदा कृष्णसार मारिंदै गएका छन् । संरक्षित क्षेत्रका कर्मचारीले खासै चासो नदिएको गुलरिया–२ का वडाध्यक्ष टंक अधिकारीले बताए । ‘पहिले–पहिले कर्मचारीले राती गस्ती गर्थे । अहिले गरेको पाइँदैन,’ उनले भने, ‘चितुवा व्यवस्थापन नभएसम्म कृष्णसारको संरक्षण सम्भव छैन ।’

  • ११ कार्तिक २०७८, बिहीबार १५:१३ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान