खजुरामा बाल क्लव संजाल गठन – Dastabej

खजुरामा बाल क्लव संजाल गठन


  • दस्तावेज

  • खजुरा । खजुरा गाउँपालिका स्तरीय बालक्लव संजाल गठन भएको छ । खजुरामा आयोजित एक भेलाले रहिमत जहाँ खाँको अध्यक्षतामा २५ सदस्यीय बाल संजाल गठन गरिएको हो ।

     

    संजालको उपाध्यक्षमा अञ्जना धिताल, सचिवमा पुस्पा विक, कोषाध्यक्षमा सुस्मिता थापा क्षेत्री र सहसचिवमा अर्जुन धिताल चयन भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन ।

    भेलामा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले बाल अधिकार स्थापित गर्न संजालको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरिन । कार्यक्रममा बाल अधिकार बारे अभिमुखिकरण समेत गरिएको शाखा प्रमुख न्यौपाने बताइन् । अध्यक्ष पदमा मतदानबाट र अन्य पदमा सर्बसम्मत गरिएको थियोे ।

     

  • १३ कार्तिक २०७८, शनिबार ०६:३५ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान