छात्रा एलिसा मृत्यु प्रकरणः यौन शोषणको आरोपित प्रिन्सपीलबिरुद्धको मुद्दा सुनुवाई हुँदै – Dastabej

छात्रा एलिसा मृत्यु प्रकरणः यौन शोषणको आरोपित प्रिन्सपीलबिरुद्धको मुद्दा सुनुवाई हुँदै


  • दस्तावेज

  • नेपालगन्ज । छात्रा ऐलिसा शाहलाई प्रलोभनमा पारी यौन श्रोषण गरी आत्मा हत्या गर्न बाध्य परेको आरोप लागेका बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरीका प्रिन्सपल दमन पाण्डेबिरुद्धको मुद्दा आज सुनुवाई हुने भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले उनीबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता गरी अदालतमा मुद्दा पेश गर्न सरकारी वलिक कार्यालयमा पाण्डेलाई बिहिबार नै पेश गरेको थियो ।

    तर सरकारी वलिक कार्यालयमा पाण्डेको बयान बिहिबार र शुक्रबार लिइएपछि मुद्दा अदालतमा पेश हुने भएको हो । बाँके जिल्ला अदालतले आरोपित पाण्डेलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौती वा सादा तारेखमा छाड्ने विषयमा बहस हुने छ । बहसपछि अदालतले निर्णय लिने छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले पाण्डेबिरुद्धको मुद्दा अदालतमा पेश गरिएको जनाएको छ । छात्राबासमा बसेकी आफ्नै छात्रा १७ वर्षीया एलिसलाई यौन दुब्र्वहार गरी आत्मा हत्या दुरुत्साहन गरेको अभियोग उनीमाथि छ ।

    उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउ गरी अदालतबाट म्याद थप गराई अनुसन्धान गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी रबीन्द्र खनालले बताए ।  उनले आफ्नै छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । एक साताअघि बैजानाथ गाउँपालिका गाभरकी एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिईन । १७ वर्षीया शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अश्लिल एसएमएस भेटिएको छ ।

    मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ

    पाण्डेले आर्थिक प्रलोभनमा पारी नाबालिकालाई यौन दुव्र्यहार गरेको आरोप पीडितहरुको छ । स्थानीयहरु शुक्रबार बिद्यालयमै पुगेर दुंगामुढा गरेका थिए ।

  • १४ कार्तिक २०७८, आईतवार १०:२९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान