निर्मला बेपत्ता घटनाः सांसद कुर्मी र व्यापारी रमेश लगायतलाई पक्राउ गर्न सुझाव – Dastabej

निर्मला बेपत्ता घटनाः सांसद कुर्मी र व्यापारी रमेश लगायतलाई पक्राउ गर्न सुझाव


  • दस्तावेज

  • नेपालगन्ज । बाँके नेपालगन्ज परसपुरकी निर्मला कुर्मीलाई जग्गा हड्पनकै लागि बेपत्ता पारिएको ठहर गर्दै सरकारद्धारा गठित छानबीन समितिले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी छानबीन गर्न सरकारलाई सुझाव दिएको छ । छानबीन समितिले आईतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिबेदन बुझाउँदै घटनामा संलग्न कांग्रेसका तत्कालिन सांसद बादशाह कुर्मी, जग्गा काण्डमा पटकपटक विवादित बन्दै आएका रमेश थापा लगायत ८ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थाल्न सुझाव दिएको हो ।

    अधिकारकर्मीहरुको लामो संघर्षपछि सरकारले गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबीन समिति गठन गरेको थियो । उनले प्रतिबेदन बुझाउँदै सरकारले तत्काल कार्यान्वयन गर्ने बिश्वास व्यक्त गरेका छन् ।

     


    पूर्वसांसद एवं बाँकेका कांग्रेस नेता बादशाह, जग्गा कारोबारी रमेश थापा, उनकी श्रीमति रत्नादेवी थापा, फुपुकी छोरी विष्ट, स्थानीय निजामुद्दिन, नीता, पूजा, रत्नादेवी, रमेश, जुवेदा इद्रिसी, ओमकारलगायतले जग्गा हड्पेको उजुरी प्रहरी कार्यालयमा दर्ता छ । सम्पत्तिसम्बन्धी विवादमा उनी सांसद छँदै कुर्मीलाई हातपात र दुर्व्यवहार गरेकाले यो घटनामा उनी जोडिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले स्थानीय नन्कुन्नी धोबीको शंकास्पद मृत्यु र निर्मला कुर्मी बेपत्ता भएको घटनामा अनुसन्धान नगरेको भन्दै स्थानीय अधिकारकर्मी र पीडित परिवारका सदस्य काठमाडौं पुगेर धर्नामा बसेका थिए ।

    कुर्मी एकाएक बेपत्ता हुनुमा उनको सम्पत्ति हडप्न खोज्ने समूहको भूमिका रहेको भन्दै स्थानीयले अनुसन्धानको माग गरेका थिए । गत वर्ष मंसिरमा किटानी जाहेरीसहित अपहरण तथा शरीर बन्धकमा मुद्दा चलाउन अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर, त्यसको पनि अनुसन्धान भएन ।

     

     बाँकेका सांसद एवं कांग्रेस नेता बादशाह हातपात गर्दै । 

    अधिकारकर्मी रुबी खानको नेतृत्वमा धर्ना र अनशनमा बसेका महिलाहरूसँग सरकारले २ कात्तिकमा छानबिन समिति गठन गर्ने सहमति गरेको थियो । सहमतिलगत्तै, गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

    छानबीका क्रममा निर्मलाको नेपालगन्ज परसपुरको ४ बिघा ८ कट्ठा १० धुर खेत पार्वती विष्ट हुँदै अहिले नेपालगन्ज उपमहानगरपालिका–१८ बस्ने रत्नादेवी थापाका नाममा छ । थापा व्यापारी रमेश थापाकी पत्नी हुन् । निर्मलाले जग्गा नामसारी गरेकी विष्ट पनि रमेशकी फुपूकी छोरी हुन् । यसले निर्मलाको जग्गा हात पार्न रमेश थापाको योजना बढी देखिन्छ भने घरसहित जग्गा हात पार्न उनकै छिमेकी निजामुद्दिन इद्रिसी सक्रिय भएका देखिन्छन् ।

     

     

    जग्गा हड्पनकै लागि बेपत्ता पारिएका बाँके नेपालगन्ज परसपुरकी निर्मला कुर्मी 

    निजामुद्दिनले निर्मलाको घरसहितको साढे २ कट्ठा जग्गा श्रीमती जुवेदा इद्रिसीका नाममा नाममा ल्याएर पूजा लामालाई बिक्री गरिसकेका छन् । निर्मलाको घरजग्गा किन्ने पूजा लामा र नीता बर्माले रमेश थापाकी पत्नी रत्ना थापाले किन्न लागेको ४ बिघा ८ कट्ठा १० धुर खेतको लिलामी प्रक्रियामा समेत साथ दिएका छन् । यस हिसाबले हेर्दा निर्मलाको जग्गा हडप्ने प्रकरणमा पार्वती, निजामुद्दिन, नीता, पूजा, रत्नादेवी, रमेश, जुवेदा इद्रिसी, ओमकारलगायतको नाम देखिएको छ ।

    अधिकारकर्मीले निर्मला २०६६ सालको कुटपिट घटनापछि नै बेपत्ता भएको बताउँदै आएका छन् । ‘बादशाह कुर्मीको कुटपिटको घटनापछि मैले निर्मलालाई देखेकी छैन,’ महिला अधिकार मञ्चकी रुबी खानले भनिन् ।नामसारी गरेको दुई महिनामै उनको खेतीबारी भएको ४ बिघा ८ कट्ठा १० धुर जग्गा बर्दियाको साबिक धधवार गाविस–४ की पार्वती विष्टका नाममा गरिएको छ । मालपोत कार्यालयको रेकर्डअनुसार २०६९ भदौ ७ मा रजिस्ट्रेसन नम्बर ५३०ख को पारित राजीनामाले कित्ता नम्बर ९१, ३६१, १०७, १०९, ३३२, १९, ५८, ८५, १७५, १७६, १७८, ३२८ को पूरै जग्गा निर्मलाले पार्वती विष्टका नाममा बिक्री गरेको देखिन्छ ।

  • १५ कार्तिक २०७८, सोमबार ०६:३४ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान