गर्भवती महिलासँग ‘उपाध्यक्ष सन्चो विसन्चो’ कार्यक्रम सुरु – Dastabej

गर्भवती महिलासँग ‘उपाध्यक्ष सन्चो विसन्चो’ कार्यक्रम सुरु


  • दस्तावेज

  • पर्वत, १५ कात्तिक (रासस) ः दक्षिण पर्वतको पैंयु गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलासँग ‘उपाध्यक्ष सन्चो बिसन्चो’ कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्रका कोही पनि गर्भवती महिला र नवजात शिशुहरु गुणस्तरयुक्त पोषण र उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम सुरु गरिएको हो । आव २०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गर्भवती महिला र नवजात शिशुको पोषणका लागि यो कार्यक्रम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रमका लागि सञ्चालन कार्यविधि २०७८ समेत पारित गरेर गर्भवती अथवा सुत्केरी महिलालाई पोषणका लागि प्रतिसुत्केरी रु पाँच हजार प्रदान गर्ने व्यवस्था गरिएको छ । विपन्न परिवारका महिला तथा बालबालिकालाई दुई पटक रु पाँच÷पाँच हजारका दरले र अन्य महिलालाई एक पटक रु पाँच हजारका दरले रकम दिइने भएको छ । रकमसँगै आवश्यक सामग्रीसमेत सहयोग गरिने जनाइएको छ ।

    यो कार्यक्रम गत आइतबार गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङले वडा नं ३स्थित बेउलीबासमा शुभारम्भ गर्नुभएको थियो । उक्त वडाका सुत्केरी महिलालाई उहाँले रु पाँच हजारका दरले नगद प्रदान गर्नुभयो । गाउँपालिकाले घरमै आएर सुत्केरी खर्च उपलब्ध गराएपछि महिला हर्षित बनेका थिए । गाउँपालिकाका सातवटै वडामा यो कार्यक्रम विस्तार ग

  • १५ कार्तिक २०७८, सोमबार १६:२६ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान