छात्रालाई यौन दुर्व्यहार गरी आत्मा हत्या दुरुत्साहन मुद्दामा प्रिन्सल पाण्डे कारागार चलान – Dastabej

छात्रालाई यौन दुर्व्यहार गरी आत्मा हत्या दुरुत्साहन मुद्दामा प्रिन्सल पाण्डे कारागार चलान


  • दस्तावेज

  •  

    नेपालगन्ज । बाँके जिल्ला अदालतले छात्रा ऐलिसा शाहलाई प्रलोभनमा पारी यौन श्रोषण गरी आत्मा हत्या गर्न बाध्य परेको आरोप लागेका बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरीका प्रिन्सपल दमन पाण्डेलाई कारागार चलान गरेको छ । सोमबार भएको थुनछेक बहसपछि अदालतले पाण्डेलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको हो । बाँके जिल्ला अदालतको ईजलास नम्बर दुईका न्यायाबीशले उक्त आदेश दिएका हुन ।

    ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनालाई गम्भीररुपमा लिएर अध्ययन गरेको थियो । आईतबार सुनुवाई नसकिएका कारण सोमबार आदेश आएको हो । पाण्डेलाई सोमबार नै नेपालगन्ज कारागारमा चलन गरिएको प्रहरीले जनाएको छ । आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता गरी अदालतमा मुद्दा पेश गर्न सरकारी वलिक कार्यालयमा पाण्डेलाई बिहिबार नै पेश गरेको थियो ।

    छात्राबासमा बसेकी आफ्नै छात्रा १७ वर्षीया एलिसलाई यौन दुब्र्वहार गरी आत्मा हत्या दुरुत्साहन गरेको अभियोग उनीमाथि छ ।

    उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउ गरी अदालतबाट म्याद थप गराई अनुसन्धान गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी रबीन्द्र खनालले बताए । उनले आफ्नै छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । द बैजानाथ गाउँपालिका गाभरकी एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिईन । १७ वर्षीया शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अश्लिल एसएमएस भेटिएको थियो ।

    छात्रा एलिसा मृत्यु प्रकरणः यौन शोषणको आरोपित प्रिन्सपीलबिरुद्धको मुद्दा सुनुवाई हुँदै

     

    मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ

     

    दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता

     

    दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता

  • १५ कार्तिक २०७८, सोमबार १८:१२ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान