सावधानः पटाका पड्काउँदा फोक्सोको रोग र क्यान्सर हुनसक्छ – Dastabej

सावधानः पटाका पड्काउँदा फोक्सोको रोग र क्यान्सर हुनसक्छ


  • दस्तावेज

  • भारतबाट ल्याइएको पटाका बाँके प्रहरीले नष्ट गर्दै । तस्बीर जिप्रका बाँके

    नेपालगन्ज । दिपावलीमा रमाईलोका लागि पटाका पड्काईन्छ । किन ? अधिकांशको जवाफ हुन्छ, पुरानो परम्परा हो । रमाईलोका लागि पटाका पडकाईन्छ । तर बैज्ञानिकहरुले भने दिपावलीमारमाईलको लागि लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन सुझाउँछद् । य

    स्ता सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुनाका साथै पटाका पड्काउँदा निस्कने सेतो ज्वालामा अलिमुनियम रहेको र यसले दिमाग र फोक्सोका लागि हानिकारक भएको भन्दै प्राथमिक स्वास्थ्य विकास केन्द्रले सबैको ध्यानाकर्षण गराउँदै आएको छ ।

    केन्द्रका अनुसार पटाकाबाट निस्कने रातो ज्वालामा लिथियम र स्ट्रोनटियम हुने भएकाले त्यसले बच्चाको हड्डीको विकासमा असर पार्छ । पटाका र भूइँचम्पामा क्यान्सरको कारकतत्व हुने भएकाले यस्ता वस्तु बनाउन प्रयोग हुने रसायन तत्वबाट निस्कने सल्फर डाइअक्साइड, कार्बन डाइअक्साइड र कार्बन मनोअक्साइडजस्ता विषालु ग्यासबाट फोक्सोको क्यान्सर र क्रोनिक ब्रोङकाइटिस रोग लागी अकालमै मृत्यु हुने सम्भावना भएकाले मनोरञ्जनका नाममा यस्ता सामग्री प्रयोग गुर्न हुँदैन । यस्ता हानिकारक वस्तुको आयात, व्यापार र प्रयोग नगर्न, नगराउन प्रहरी सक्रिय छन् ।

  • १८ कार्तिक २०७८, बिहीबार ०९:०९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान