नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो – Dastabej

नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो


  • सुनिल रेग्मी

  • करिब २ वर्षदेखि नयाँ चलचित्र हेर्न नपाएका दर्शकको प्यास यतिबेला बलिउड चलचित्र “सूर्यवंशी”ले मेटिरहेको छ। गत शुक्रबारदेखि भारत लगायत नेपालका अधिकांश हलहरुमा प्रदर्शनमा आएको “सूर्यवंशी”ले हलमा दर्शकको ओइरो लगाउन सफल भएको छ।

    यसैबीच, नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरीमा पनि सूर्यवंशी हेर्न आउने दर्शकको ओइरो लागेको छ। रिलिजका दिनदेखि मंगलबार चौथो दिनसम्म आइपुग्दा दैनिक हजार बढी दर्शकहरू सूर्यवंशी हेर्न आउने गरेको क्युएफएक्स बागेश्वरी स्रोतले जनाएको छ।

    रोहित सेट्टी निर्देशित उक्त चलचित्रले कमाइ पनि राम्रो गर्न सफल भएको छ। भारतीय मिडियाका अनुसार चलचित्रले रिलिज भएको चौथो दिनसम्म आइपुग्दा करिब १०० करोडको हाराहारीमा व्यापार गर्न सफल भएको छ।

    चलचित्रले पहिलो दिन २६.२९ करोड, दोस्रो दिन २३.८५, तेस्रो दिन २६.९४ र चौथो दिन मंगलबार १३.६८ करोड व्यापार गरेको बताइएको छ।

    एक्सन थ्रीलर कथामा आधारित चलचित्रमा सुपरस्टार अक्षयकुमार, अभिनेत्री कटरिना कैफ लगायतका चर्चित कलाकारहरुको प्रमुख भुमिका रहेको छ। चलचित्रले भारतमा मात्रै नभएर नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ।

  • २३ कार्तिक २०७८, मंगलवार २१:२० प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान