देशभर यसरी मनाईयो छठ (फोटो फिचर) – Dastabej

देशभर यसरी मनाईयो छठ (फोटो फिचर)


  • दस्तावेज

  • इनरुवा, २४ कात्तिक(रासस) सुनसरी सदरमुकाम इनरुवा २ स्थित शङकरपुर शाखामा छठ पर्वको मुख्य दिन आज अस्ताउदै सुर्यलाई अर्घ दिदै ।

     

    सप्तरीको हनुमाननगरबाट छठ पर्वका दिन बुधबार साँझ अस्ताउदै गरेको देखिएको सुर्य । बर्तालु भक्तजनहरुले आज यहाँ अस्ताउदै गरेको सुर्य भगवानलाई अर्घ दिइएर छठ मनाएका छन ।

     


    छठ पूजाको तेस्रो दिन बुधबार वीरगन्जको घडिअर्वा पोखरि छठ घाटमा अस्ताउदो सुर्यलाई अर्घ अर्पण गर्दै व्रतालुहरु ।

     

    छठ पूजाको तेस्रो दिन बुधबार वीरगन्जको वीरगन्जको रुानीघाट स्थित छठी घाटमा अस्ताउदो सुर्यलाई अर्घ अर्पण गर्दै व्रतालुहरु ।

    छठ पर्वको अवसरमा भक्तपुर कमलपोखरीमा अस्ताउँदो सूर्यको उपासना गर्दे ब्रतालु महिला । कार्तिक शुक्ल षष्ठीको दिन छठीमाताको पुजा आराधना गरी अस्ताउँदो सूर्यलाई जलको अघ्र्य दिइन्छ ।

    तनहुँको दमौलीस्थित मादी नदीमा बुधबार साँझ छठ पर्वको पूजा गर्दै भक्तालु ।

     

     

    छठ पर्वको अवसरमा बुधबार साझ कमलपोखरीमा अस्ताउदो सूर्यलाई अर्घ भक्तजनहरु दिदै ।

     

    सप्तरीको राजविराज नगरपालिका६ स्थित तुरुन्ती पोखरीमा छठ पर्वको मुख्य दिन बुधबार षष्ठीका दिन निराहार ब्रत बसेर साँझपख अस्ताउँदो सूर्यलाई अर्घ दिदै महिला । सप्तमीका दिन बिहीबार बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ ।

     

     छठ पर्वको अबसरमा काठमाडौँको कमलपोखरीमा शरीरले नापेर पोखरीको परिक्रमा गर्दै एक व्रतालु । यसो गरेमा सुख शान्ति र मनोकामना पुरा हुन्छ भन्ने विश्वास छ ।

     

    धनगढीको मोहना घाट स्थित झिलमिली बत्ती सहित सजाइएएको छठ पूजा स्थल । 

     

    . धनगढीको मोहना घाट स्थित छठ पूजा स्थलमा बुधबार साँझ महाआरती गरिदैँ । तस्वीर ः तिलकराज ओझा, रासस

     

     

     

    जनकपुरधामको गंगासागर पोखरीमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिदैं गर्दा ।

    धनुषाको क्षीरेश्वरनाथ नगपालिकाको महेन्द्रनगरको औरही खोलामा मनाईएको छठ पर्वको मनोरम आकर्षक दृश्य ।

  • २४ कार्तिक २०७८, बुधबार २१:०६ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान