वकिलहरुको आन्दोलनबीन सर्बोच्चमा मुद्दाका पेसी तोकियो – Dastabej

वकिलहरुको आन्दोलनबीन सर्बोच्चमा मुद्दाका पेसी तोकियो


  • दस्तावेज


  • काठमाडौंँ । प्रधान न्यायाधीशको राजीनामा माग गर्दै किानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मुख्य गेट अगाडि बसेर बिरोध गरिरहेका बेला सर्बोच्च अदालतले सबै खाले पेशी तोकेको छ । नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले अदालतमा धर्ना दिइरहेका छन् । बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।उहाँले आठवटा इजलासमा पेसी तोक्नुभएकामा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन । प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्दै आउनुभएको थियो ।

    सर्वोच्चमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ नभए पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफूसक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।सर्वोच्चमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ नभएर न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । अदालत परिसरमा नेपाल बार एशोसिएशनको धर्नाका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • २६ कार्तिक २०७८, शुक्रबार १३:०१ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान