फुलवारी सामाजिक उद्यमीमा बसन्ती फेरि अध्यक्षमा चयन – Dastabej

फुलवारी सामाजिक उद्यमीमा बसन्ती फेरि अध्यक्षमा चयन


  • दस्तावेज

  • खजुरा । खजुरा गाउँपालिका ४ स्थित फुलवारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको ९ औँ साधारणसभाबाट संस्थापक अध्यक्ष बसन्ती सुनार फेरि पनि अध्यक्षमा सर्बसम्मत चयन भएका छन् । शुक्रबार भएको साधारणसभाले उनको नेतृत्वमा सन्चालक समितिले पुर्णता पाएको हो ।

    लिमटेडको को ९ औँ वार्षिक साधारसभामा ,प्रमुख अतिथी खजुरा गाउँपलिका अध्यक्ष किस्मत कक्षपति, उपप्रमुख एकमाया विक, सहमतिका सहजकर्ता कमल गौतम, बी गुप्रका आनन्द गिरी , वडा नम्बर ४ का वडाध्यक्ष तिकलबीर सुनार, जिल्ला सहकारी उद्यमी संघका संयोजक तिल कुमारी बिष्ट, लगायत सहकारीका शेयर सदस्य र अन्य अतिथिगणहरुको सहभागिता रहेको थियो । वडाध्यक्ष ४ का अध्यक्ष सुनारले निस्वार्थ र निशुल्क सेवाका कारण बसन्ती सुनार संस्थापककालदेखि सन्चालक समितिको अध्यक्षमा निरबिरोध निर्वाचित हुँदै आएको भन्दै प्रशंसा गरे ।

  • २६ कार्तिक २०७८, शुक्रबार २१:२३ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान