प्रधान न्यायाधीको राजीनामा माग गर्दै बाँकेमा पनि प्रदर्शन – Dastabej

प्रधान न्यायाधीको राजीनामा माग गर्दै बाँकेमा पनि प्रदर्शन


  • दस्तावेज


  • नेपालगन्ज— बाँकेका कानुन व्यवसायीहरुले प्रधान न्यायाधी चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै बाँके जिल्ला अदालत परिसरमा एक घण्टा धर्ना दिएका छन् । उनीहरुले धर्नाको कार्यक्रमलाई तीन दिनसम्म निरन्तरता दिने बताएका छन् । नेपाल बार एशोसिएसन केन्द्रीय कार्यालयको आन्दोलनमा एक्यबद्धता जनाउँदै उच्च अदालत बार नेपालगन्ज र बाँके जिल्ला अदालत बारको अगुवाईमा धर्ना दिएको उच्च अदालत बार नेपालगन्जका सचिव पदम पाण्डेले बताए ।

    धर्नामा उपस्थित कानुन व्यवसायीहरुले हाँतमा कालो पट्टी बाँधेका थिए । धर्ना कार्यक्रममा नेपाल एशोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुनिल श्रेष्ठ, उच्च अदालत बारका पुर्ब अध्यक्ष लोकबहादुर शाह, बलबहादुर चन्द र बारका पदाधिकारीहरुको उपस्थिती थियो ।
    न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन् । त्यस्तै, प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ ।

     

  • २८ कार्तिक २०७८, आईतवार १३:२७ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान