थप ३७७ जनामा कोरोना पुष्टि, चारको मृत्यु – Dastabej

थप ३७७ जनामा कोरोना पुष्टि, चारको मृत्यु


  • दस्तावेज

  • काठमाडौँ, ३० कात्तिक (रासस) :देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार १४९ को कोरोना परीक्षण गरिएको थियो ।

    नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ६७२ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १७४ रहेको छ । आज १७० जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ७१४ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    कोरोनाबाट चारको मृत्यु

    पछिल्लो २४ घण्टामा थप चार जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८२ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ७९ हजार ५६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४७६ छ । अहिले होम आइसोलेशनमा ६ हजार ९८४, संस्थागत आइसोलेसनमा ४९२, आइसियुमा २१९ र भेन्टिलेटरमा ५९ जनाले उपचार गराइरहेका छन् ।
    –––

  • ३० कार्तिक २०७८, मंगलवार २०:२० प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान