आज – ०१ मंसिर २०७८ बुधवार को राशिफल – Dastabej

आज – ०१ मंसिर २०७८ बुधवार को राशिफल


  • दस्तावेज

  • मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजार र व्यवसायम पनि मन्दी आउनसक्छ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सफल यात्राको योग पनि छ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

     

  • १ मंसिर २०७८, बुधबार ०७:४६ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान