सर्बोच्चमा धर्ना दिने वकिलहरुमाथि बल प्रयोग, बार अध्यक्षलगायत १२ घाईते – Dastabej

सर्बोच्चमा धर्ना दिने वकिलहरुमाथि बल प्रयोग, बार अध्यक्षलगायत १२ घाईते


  • दस्तावेज

  • काठमाडौँ — सर्वोच्च अदालत प्रांगणमा धर्नामा बसेका कानुनी व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । सर्वोच्चको गेटमा वकिलहरुल् धर्ना दिन लाग्दा प्रहरीले वकिलहरुलाई धकेल्दै बल प्रयोग गरेको हो । । बल प्रयोगका क्रममा बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवसायीहरु कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे पनि घाइते भएका छन् ।

    घाइते भएका नेपाल बारका कार्यसमिति सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोजेका थिए । त्यस क्रममा प्रहरीले बल प्रयोग गरेको हो ।
    अहिले सर्वोच्च परिसरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । राणाबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।

     

  • २ मंसिर २०७८, बिहीबार १२:२६ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान