इसिडी कक्षा बन्द भएकामा विद्यालय व्यवस्थापन समिति महासङ्घको चासो – Dastabej

इसिडी कक्षा बन्द भएकामा विद्यालय व्यवस्थापन समिति महासङ्घको चासो


  • दस्तावेज


  • काठमाडौँ (रासस) । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कतिपय प्रारम्भिक बाल विकास ९इसिडी०का सहजकर्ताले सेवा सुविधाको माग राखेर कक्षा सञ्चालन बन्द गराएकामा चासो व्यक्त गर्दै सहजीकरणका लागि आफ्ना सदस्य व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।

    नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षकका तलब सुविधा अब स्थानीय सरकारले खुवाउने गरी मुलुकभर परिपत्र जारी गरेको हप्ता दिन नबित्दै इसिडी सहजकर्ता आन्दोलनमा उत्रेका छन् । शिक्षकहरु तलबभत्ता नपाएको भन्दै विद्यालयमा रहेका इसिडी कक्षा धमाधम बन्द गर्दै गइरहेका छन् ।

    महासङ्घका अध्यक्ष कृष्ण थापाले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको आदर्श गाउँपालिका र कर्णली प्रदेशको हुम्ला जिल्लाको सर्कैगार्ड गाउँपालिकाका इसिडी शिक्षकको आन्दोलनबाट इसिडी कक्षा बन्द भएकाले सम्बन्धित पालिकाको प्रतिनिधि र जिल्ला इसिडी शिक्षकको सङ्घर्ष समितिका संयोजकबीच छलफल गराई दुवै जिल्लाका इसिडी कक्षा पुनः सञ्चालन गराउन महासङ्घका सदस्य समितिलाई आग्रह गरिएको जनाउनुभयो । उहाँले कक्षा सञ्चालनको दायित्व आफूहरुको हुन आएकाले सम्बन्धित प्रदेश समितिको पहल सहजीकरणमा कक्षा नियमित सञ्चालन गराउन आग्रह गर्नुभयो ।

  • २ मंसिर २०७८, बिहीबार १७:१० प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान