आज गुरु नानक जयन्तीः पहिचानको खोजिमा अल्प संख्यक शिख समुदाय – Dastabej

आज गुरु नानक जयन्तीः पहिचानको खोजिमा अल्प संख्यक शिख समुदाय


  • दस्तावेज

  • file Photo By Dastabej

     

    नेपालगन्ज— जनगणना ०६८ लाई आधार मान्ने हो भने मुलुकमा अल्पसंख्यक सिख समुदायको जनसंख्या शुन्य दशम्लब तीन प्रतिशत छ । करिव छ हजार हाराहारी मध्ये बाँकेको डुडवा गाउँपालिका ६ हिरमिनीया क्षेत्रमा करिव तीन हजारको बसोबास छ । तिनै समुदाय पटकपटक पहिचानका मुद्दा उठाउँदै आएका छन् ।उनीहरुले अल्पसंख्यक घोषणा, जातीय अग्राधिकार तथा सरकारी सेवा र सुविधामा आरक्षणको माग उठाउँदै आएका छन् । त्यससंगै सिख समुदायको गुरु नानक जयन्ती, बैशाखी, गुरु गोविन्द सिंह जयन्ती, गुरु अर्जुन देव सहिदी दिवस लगायतका पर्वमा सार्वजनिक बिदाको माग उठाएका छन् । त्यस्तै निजामती सेवा, सैनिक, प्रहरीमा भर्ना र राजनीतिक नियुक्तिको माग उनीहरुको छ ।

    ‘अल्पसंख्यक समुदाय भएर होला सरकारको आँखामा हामी परेका छैनौ । जसका कारण सबै अधिकारबाट बन्चित छाँै“,’ सिख समुदायका प्रधान राजेन्द्र सिंह सरदार भन्छन्,‘त्यसैले हामीले सधै पहिचानको मुद्दा उठाउँदै आएका छौँ । ’ सिख समुदायको बिशेष चिन्ह भनेको ठूलो कपालमा फेटा, काँइयो, फलामको चुरा, कट्टु र कृपाण हुन । यही पहिचानले उनीहरु चिनिन्छन् । यि बिशेष परम्परागत पहिरनलाई पनि पहिचानको मान्यता दिन उनीहरुको माग छ ।

    गणतान्त्रिक संविधानले अल्पसंख्य समुदायलाई पनि राजनीतिक समाबेशीताको ग्यारेन्टी गरेको छ । तर सिख समुदाय कुनै पनि राजनीतिक अवसर पाएका छैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलहरुले उक्त समुदायका अगुवाहरुलाई अवसर दिएका छैनन् । यद्यपी दलहरुले समाबेशी समानुपातिक प्रतिनिधित्वको कुरा उठाउँदै आएका छन् । सरकारी सेवामा उनीहरुको उपस्थिती शुन्यजस्तै छ । ‘निर्वाचन आएपछि समाबेशीको कुरा उठ्छन् । पहिचान दिलाउने मुद्दा उठ्छन् तर अल्पसंख्य समुदायको कुनै सुनुवाई हुन सकेको छैन,’ सिख समुदायका प्रधान राजेन्द्र भन्छन् ।

    स्थानीय तहको पुर्न संरचनापछि अल्पसंख्यक शिख समुदायले आफ्नो सघनताका भएका ईलाकालाई संरक्षित क्षेत्र तोक्न आग्रह गरेका छन् । हालसम्म कुनै पनि सरकारले अधिकार नदिएको उनीहरुको गुनासो छ । तर उनीहरुले आफ्नो मागलाई सम्बोधन गराउन प्रयासरत छन् । सिख समुलायका युवा बिरेन्द्र सिंह सरदारले राजनीतिक दल र सरकारले आफूहरुलाई उपेक्षा गरेको गुनासो गर्छन । ‘भोट माग्ने बेलामा अधिकार दिन्छौ भन्छन् जितेपछि सबै बिर्सिन्छन्, उनले भने,‘झुक्याउनेलाई भोट दिदैनौ ।’ सिख समुदायका अगुवाले चेपाङ, राउटे र कुस्बधिया जाती पछिको अल्पसङ्ख्यक समुदायका रुपमा दाबी गर्दै आएका छन् ।

     

  • ३ मंसिर २०७८, शुक्रबार १२:२५ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान