तिला गाउँपालिकाका १४ गाउँ छुइगोठ मुक्त – Dastabej

तिला गाउँपालिकाका १४ गाउँ छुइगोठ मुक्त


  • दस्तावेज

  • खलङ्गा, ५ मङ्सिर (रासस) :जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन् । यहाँको गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छुइगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

    समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको जनाउँदै उहाँले भन्नुभयो, “छाउपडी प्रथा महिलाको वृत्ति विकासको बाधक हो, महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्यूनीरकरणका लागि यो अभियान एक नमूना कार्यकारुपमा अघि बढेको छ, हालसम्म गाउँपालिकाका १४ बस्ती छुइगोठ मुक्त भइसकेका छन् ।” बाँकी बस्ती छाउगोठ मुक्त हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

    सर्वोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्ती छाउगोठ मुक्त कार्य अघि बढेको छ । स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका केन्द्रीय कार्यकारी निर्देशक धनबहादुर ऐरले बताउनुभयो ।

    सो गाउँपालिकाले सन् २०२१ सम्म पूरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाई सक्ने रणनीति तयार पारेअनुसार सहयोग गरेकोे छ । छाउगोठ मुक्त बस्ती घोषणा गर्न महिनामा दुईपटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरिएको छ । प्रत्येक तीन महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण महिलामा परिवर्तन आएको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताउनुभयो ।

    वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणाको तयारी गरिएको हो । सरकारले छाउपडीउन्मूलन निर्देशिका ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन । निर्देशिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्धारण गरेको छ । यो निर्देशिका गाउँसम्म पुग्न सकेको छैन । तिला–४ का स्थानीयवासी सिर्जना शाहीले भन्नुभयो, “हाम्रो समाजमा छाउपडी प्रथाले हिंसा बढाइरहेको छ, महिला हिंसाको एक प्रमुख कारण छाउपडी प्रथा हो ।”

  • ५ मंसिर २०७८, आईतवार १४:४९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान