इलामबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र – Dastabej

इलामबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र


  • दस्तावेज

  • मङ्गलबारे, ६ मङ्सिर (रासस) :विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ ।

    फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीन पटक परीक्षा सञ्चालन गरिने कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिनुभयो ।

    गत कात्तिक २७ गतेदेखि अनलाइन आवेदन खुला गरेपछि दिनहुँ करिब सयको हाराहारीमा प्रवेशपत्र वितरण गरिएको छ । हाललाई मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, एस्काभेटर, ट्याक्टर, व्याकहँु र लोडरको लाइसेन्स वितरण हुनेगरी कोटा प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

    विसं २०७१ मङ्सिरबाट सञ्चालनमा आएको कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण थालेपछि सेवाग्राही उत्साहित भएका छन् । यसअघि सवारी लाइसेन्स लिन महिनौं कुनुपर्ने पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने भएको छ । इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले सहजै सेवा लिन पाउने भएका छन् ।

    यसअघि उनीहरु झापाको विर्तामोड र सुनसरीको इटहरीस्थित यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए । कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण एक निजी कम्पनीसँग सम्झौता गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

  • ६ मंसिर २०७८, सोमबार १२:५३ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान