नेपालले पहिले व्याटिङ गर्ने – Dastabej

नेपालले पहिले व्याटिङ गर्ने


  • दस्तावेज


  • काठमाडौँ, ६ मङ्सिर (रासस) :आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङविरुद्धको खेलमा ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गर्ने भएको हो ।

    पहिलो पटक विश्वकप खेल्ने सोचमा रहेको नेपाल हङकङलाई पराजित गर्दै प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । यता हङकङ पनि नेपाललाई पराजित गर्दै जीत निकाल्ने दाउमा छ ।

    विभिन्न छ टोली सहभागी उक्त प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपाली महिला टोलीले २०१९ को टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई चार विकेटले हराएको थियो । त्यसयता नेपाल र हङकङको भेट भएको छैन । छनोटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल भूटानसँग भोलि खेल्नेछ भने तेस्रो खेल कुवेतसँग बिहीबार खेल्ने तालिका रहेको छ ।

  • ६ मंसिर २०७८, सोमबार १४:०० प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान